बसन्त भण्डारी
हेटौंडा/हेटौंडा बजार क्षेत्र हाल राति पनि झकिझकाउ देखिन्छ । तिहारको झिलिमिली सकिएपछि पनि यहाँको उज्यालोपन भने कायम छ । यो सब सम्भव भएको छ हेटौंडा उपमहानगरपालिकाको नयाँ योजनाले ।
उपमहानगरले नगरलाई उज्यालो र सुरक्षित बनाउने उद्धेश्यले बजार क्षेत्रका सडकमा आकर्षक बत्तीहरु जडान सुरु गरेको छ । उक्त कामका लागि नगरपालिकाले ५२ लाख बजेट छुट्याएर उक्त परियोजना अघि बढाएको हो । उक्त योजना उपमहानगरले आकर्षक र सुरक्षित हेटौंडा निर्माण गर्ने दीर्घकालीन लक्ष्यअनुसार अघि सारेको हो । योजनाअन्तर्गत् प्रमुख बजार क्षेत्रमा राति पर्याप्त उज्यालो पुर्याउने उद्धेश्यले सडकबत्तीहरु जडान भइरहेको छ ।
बजार क्षेत्रमा बत्ती जडान भएपछि अधिकांश स्थानीय व्यवसायी र बासिन्दाले उक्त परिवर्तनको स्वागत गरेका छन् । उनीहरुले नगरपालिकाको यस्तो कदमले बजारलाई थप सुरक्षित र सौन्दर्यपूणर् बनाएको प्रतिक्रिया दिएका छन् । सीमाचोकमा ठेलामा मम बेचिरहेका एक व्यवसायीले भने-पहिलेको भन्दा उज्यालो भएर व्यापार बढेको छ । फोटो खिच्न र घुम्न आउने बढ्न थालेका कारण पनि व्यापार बढेको हो । सडकमा पैदलयात्रा गरिरहेका एक सर्वसाधारणले भने-उज्यालोका कारण वातावरण परिवर्तन भएको छ । राति हिँड्दा सुरक्षित महसुस र
रमाइलो अनुभूति भएको छ ।
तर, परियोजनाबारे सबैको धारणा सकारात्मक छैन । केही स्थानीयले भने उक्त कामलाई आलोचना गरेका छन् । उनीहरुको धारणा अनुसार बजार क्षेत्रका मुख्य सडक अझै पनि साँघुरा र अव्यवस्थित छन् । उनीहरुले उज्यालोमात्र नभइ सडक विस्तारलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । एक स्थानीयले भने-सडकबत्तीको आवश्यकता त थियो । तर, यसभन्दा पहिले सडक विस्तार गर्नुपथ्र्यो । बजारका सडकहरु साँघुरा छन् । यदि सडक विस्तार गरेरमात्र सिंगारिएको भए नगरको सौन्दर्य अझ राम्रो देखिन्थ्यो ।
बत्ती जडानपछि व्यवसायीले व्यापार बढेको महसुस गरेका छन् । खासगरि रातिको समय बजारमा उज्यालो भएपछि ग्राहकको संख्या वृद्धि भएको छ । ‘पहिले साँझपख ग्राहक घट्थे । तर, हाल राति पनि राम्रो व्यापार गर्न पाएका छौं,’ एक पसलेले भने । ग्राहकहरुले पनि हाल झिलिमिली बजारमा किनमेल गर्न रमाइलो भएको बताएका छन् ।
उपमहानगर प्रमुख मीनाकुमारी लामाका अनुसार उज्यालो अभियानलाई नगरका अन्य क्षेत्रमा पनि विस्तार गरिने छ । उनले भनिन्-बत्तीले नगरलाई सुरक्षित र आकर्षक बनाउने हाम्रो लक्ष्य हो । यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने छ । उनले आलोचनात्मक प्रतिक्रियालाई सकारात्मकरुपमा लिँदै नगरपालिकाले आगामी दिनमा थप सुधारका काममा ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन् ।
मेयर लामाले भनिन्-हाम्रो उद्धेश्य दीर्घकालीन सुधारको हो । सडक विस्तार र व्यवस्थित नगर विकासको काममा केही समय लाग्न सक्छ । तर, हामीले हालका उपलब्ध स्रोतसाधनलाई प्रभावकारीरुपमा प्रयोग गरिरहेका छौं । उनले हालको बत्तीजडान अभियानलाई प्राथमिकता दिनुको कारण स्पष्ट पार्दै भनिन्-हामीले हाल उपलब्ध पूर्वाधारलाई थप सुरक्षित र सुन्दर बनाउन काम गरिरहेका छौं । बत्तीहरुलाई यसरी जडान गरिएको छ कि भविष्यमा सडक विस्तार गर्दा समस्या नहोस् ।
लामाले भविष्यमा नगरलाई व्यवस्थित र दीगो बनाउनका लागि ठूला पूर्वाधार परियोजनामा पनि ध्यान दिने योजना रहेको बताइन् । ‘सडक विस्तार, ट्राफिक व्यवस्थापन र अन्य पूर्वाधार सुधार हाम्रो आगामी योजनाका महत्वपूणर् अंग हुन् । यी सबै योजनाले हेटौंडालाई आधुनिक र व्यवस्थित बनाउनेछन्,’ उनले थपिन् । उक्त अभियानले नगरको वर्तमान अवस्थालाई सुधार गर्नेमात्र होइन, भविष्यका लागि दीगो पूर्वाधार विकासको आधारशीला राख्ने विश्वास मेयर लामाले व्यक्त गरिन् । ॅनगरबासीको सहकार्य र सुझावकै आधारमा आगामी दिनमा थप प्रभावकारी परियोजना अघि सारिने छ,’ मेयर लामाले भनिन् ।
झिलिमिली सडकबाट प्रभावित स्थानीय भने अझ धेरै सुधारको अपेक्षा गरिरहेका छन् । ‘सडकबत्ती राम्रो छ । तर, बजारलाई व्यवस्थित बनाउन पूर्वाधार विकासमा ध्यान दिनुपर्छ । साँघुरो सडक र जामका कारण समस्या अझै समाधान भएको छैन,’ एक व्यापारीले भने । हेटौंडाका सडक हाल साँच्चै उज्यालोमा चम्किरहेका छन् । यसले नगरको सौन्दर्यमा त वृद्धि गरेको छ । तर, आधारभुत पूर्वाधार सुधारतर्फ पनि ध्यान दिनु जरुरी रहेको स्थानीयको धारणा छ । उपमहानगरपालिकाको उज्यालो प्रयासले नगरलाई आधुनिक र सुरक्षित बनाउन महत्वपूणर् भूमिका खेल्ने विश्वास छ ।