11.4 C
Makwānpur
Homeमुख्य समाचारखुरखुरेकी सरिता बनिन् भाग्यशाली
spot_img

खुरखुरेकी सरिता बनिन् भाग्यशाली

spot_img

हेटौंडा÷दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले आयोजना गरेको ग्राहकलक्षित बम्पर उपहार कार्यक्रमको शनिबार नतिजा सार्वजनिक गरिएको छ । प्रत्यक्ष प्रसारण गरी ग्राहकहरुकै उपस्थितिमा उपहार नतिजा सार्वजनिक गरिएको हो ।

भाग्यशाली बम्पर पुरस्कार टीभीएस ब्राण्डको स्कुटर चितवन खुरखुरे निवासी सरिता कँडेलले जितेकी छन् । कुपनको अर्धकट्टी तान्दा कँडेललाई स्कुटर उपहार परेको कार्यक्रमका संयोजक म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले बताए । दोस्रो बम्पर उपहार ४ रात ५ दिनको थाइल्याण्ड टुर प्याकेजको पुरस्कार हेटौंडाका भुवन खत्रीले जितेका छन् । तेस्रो बम्पर उपहार पुरस्कार ४० हजार बराबरको स्मार्ट मोबाइल सेट हेटौंडा–४ निवासी निर्जल गोलेले जिते ।

- Advertisement - Ad Banner

स्मार्ट मोबाइट सेट ८ जनाले जितेका छन् । अर्धकट्टी तान्दा स्मार्ट फोनका भाग्यशाली विजेताहरुमा थाहा बज्रबाहारीका आरोही सुबेदी, हेटौंडा–१९ का भीमबहादुर बल, संगम थापा, मनहरीका रोयान प्रजा, निश्चल उप्रेती र राजेश कोइराला, भीमफेदीका बद्री खत्री र हेटौंडाका सञ्च लामा छन् ।

एसोसिएसनले ११ जनालाई स्मार्ट फोन, २० जनालाई किप्याड फोन, ५० जनालाई स्मार्ट घडी, नेकव्याण्ड २ सय ५ जनालाई, स्मार्ट वाच ५० जनालाई, हेडफोन ४० जनालाई, छाता ३० जनालाई, एमआई इयरफोन ५० जनालाई, इयरवड्स १ सय ५ जनालाई, स्टाइलाइजर ५ जनालाई, वानप्लस व्याण्ड १५ जनालाई प्रदान गरेको म्यान मकवानपुर अध्यक्ष नवराज चौलागाईंले बताए ।

उपहार लिन आउँदा परिचय खुल्ने कागजपत्रका साथै कुपनको अर्धकट्टी ल्याउनुपर्ने बताइएको छ । एसोसिएसनले असोज १ गतेदेखि मंसिर ५ गतेसम्म मोबाइल तथा मोबाइल मर्मत गर्नुका साथै एसेसेरिज खरिदमा पसलबाट ग्राहकलाई निःशुल्क कुपन उपलब्ध गराएको थियो । मकवानपुरको एसोसिएसनका सदस्य रहेको पसलबाट कुपन लिने व्यवस्था गरिएको थियो ।

हेटौंडाको बुद्धचोकमा आयोजना गरिएको कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णकुमार गुप्ताअग्रवालको प्रमुख आतिथ्यता तथा म्यान मकवानपुर अध्यक्ष चौलागार्इंको सभाध्यक्षता थियो । कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघ उपाध्यक्ष रमेश घिमिरे, छतेन्द्र आचार्य, वागमती प्रदेश अध्यक्ष एसिस रिजाल, मधेश प्रदेश अध्यक्ष मोहन कार्की, चितवन मोबाइल व्यवसायी संघ अध्यक्ष श्रीधर रेग्मी, उपहार कार्यक्रमका प्रायोजक विभिन्न ब्राण्डका कम्पनीका प्रतिनिधि, म्यान मकवानपुरका प्रेस सल्लाहकार श्रीराम अर्जुनलगायतको आतिथ्यता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि