21.7 C
Makwānpur
Homeमुख्य समाचारचौघडा सहकारीको साधारणसभा
spot_img

चौघडा सहकारीको साधारणसभा

spot_img

हेटौंडा÷हेटौंडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष विजयकुमार श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा संस्था अध्यक्ष श्रेष्ठले संस्थागत् प्रतिवेदन, सचिव अर्जुनप्रसाद हुमागाईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शुभद्रा कोइरालाले आर्थिक प्रतिवेदन र लेखा सदस्य कृष्णबहादुर मानन्धरले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । साधारणसभामा असल बचतकर्ता अनिता लम्साल, असल ऋणी शर्मिला सापकोटा, ज्येष्ठ शेयर सदस्य गोमा न्यौपाने, एकैदिन जोडी सदस्य बन्ने विश्वराज न्यौपाने र शुभद्रा पुडासैनी, उत्कृष्ट कर्मचारी रमा देबकोटा र संस्थापक शेयर सदस्य चन्द्रबहादुर मानन्धरलाई पुरस्कृत गरिएको थियो ।

- Advertisement - Ad Banner

साधारणसभामा वडा अध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी–७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बा, हेटौंडा–६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, संस्था संस्थापक अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, हेटौंंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ सञ्चालक सदस्य हिमाल पौडेल, नौलो विहानी कृषि सहकारी अध्यक्ष विष्णुप्रसाद ढुंगाना, गरिबी निवारण सहकारी अध्यक्ष कृष्णप्रसाद सापकोटा, टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा–६ का अध्यक्ष बासुदेव खतिवडा, कामधेनु बहुउद्धेश्यीय सहकारी उपाध्यक्ष केशब धिताललगायतको उपस्थिति थियो ।

२ हजार ९ सय १५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २ करोड ८८ लाख, निक्षेप ३१ करोड ३७ लाख र कर्जा लगानी २९ करोड ७७ लाख रहेको व्यवस्थापक दीपा श्रेष्ठले बताइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि