18.5 C
Makwānpur
Homeमुख्य समाचारउद्घाटनका दिन महिलातर्फको खेल सम्पन्न
spot_img

उद्घाटनका दिन महिलातर्फको खेल सम्पन्न

spot_img

प्रतियोगितको लागि उपमहानगरले सानो राशीको सहयोग गरेको बताईन जिल्लाका बिभिन्न ग्रामिणभेगबाट प्रशिक्षकहरु आएर खेलको चाप बढाउँदै अभिभावकत्वको भूमिका निर्वाह गरेकोमा लामाले खुशी ब्यक्त गरिन् । सामाजिक तथा अनुशासन रुपान्तरका लागि खेल क्षेत्रले महत्वपूणर् भूमिका खेल्ने कलिला युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गर्न र अनुसाशनमा राख्न खेल क्षेत्रले उल्लेखनीय योगदान प्रदान गर्ने भएकोले खेल क्षेत्रका ब्यक्तिलाई राज्यले सम्मान गर्नुपर्ने बताईन ।

संघ अध्यक्ष दीपक लामाले प्रतियोगिताको आयोजनाका लागि हेटौंडा उपमहानगरले मुख्य प्रायोजक बनेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न हौसला मिलेको बताए । चितवन मधेश प्रदेशबाट स्वयमसेवकको रुपमा आउने रेफ्रिलाई संघकोतर्फबाट धन्यवाद व्यक्त गर्दै प्रतियोगिताम सहभागि सबैलाई अनुशासनमा रहेर खेलमा उत्कृष्ट प्रदर्शन गर्न सबैलाई आग्रहसमेत गरे ।

- Advertisement - Ad Banner

प्रतियोगितामा बालक तथा बालिकाको एकल काता विधामा पनि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा
मकवानपुर जिल्लाको राइगाउ’, लेवट, नवलपुर, चौघडा, मयुरधाप र मेनडेजोका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिताको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपाकिला र सहप्रायोजकहरुमा हेटौंडा-४ स्थित बुद्ध स्नुकर हाउस र हेटौंडा-१० स्थित एस-वान स्नुकर क्लब रहेका छन् ।

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य संगीत श्रेष्ठ, प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, मध्यमाञ्चल क्षेत्रीय महानिर्देशक सुरेन्द्र श्रेष्ठ, सितोरियो कराँते संघ मकवानपुरका रेफ्रि संयोजक विष्णुभक्त लामा, बुद्ध स्नुकर हाउसका सञ्चालक सञ्जु लामा, कार्यक्रम संयोजक पूणर्भक्त लामा, एस-वान स्नुकरका सञ्चालक सुनिल खड्गी, नेपाल युवा संघ मकवानपुरका अध्यक्ष अनिल काफ्ले, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भेष खड्गी, मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्नबज्राचार्य र कराँते संघका सचिव नारायण थपलिया र सदस्य प्रमीला ठकुरीको उपस्थिति थियो ।

शुक्रबार भएको महिलातर्फको खेलमा २५ केजि समूहबाट किड्स डोजोकि श्रीयसी पाठक प्रथम र मेन डोजेकी कृतीज्ञा पाण्डे द्वितीय भईन्, यस्तै ३० केजि समूहमा किड्स डोजोकि सुष्मा मैनाली प्रथम र राई गाउं डोजिकी दिपशिखा राई द्वितीय भईन् । ३५ केजि समूहमा मयुधाप डोजोकी एञ्जल अधिकारी प्रथम र मेन डोजोकी श्रीष्मा श्रेष्ठ द्वितीय भईन् ।

यसैगरी ४० केजि समूहमा मयुधाप जोडोकि सुष्मा चौलागाई प्रथम र मधुरधाप डोजोकै मनिता श्रेष्ठ द्वितीय भईन् । यस्तै ४५ केजि समूहमा किड्स डोजोकि रमिला मोक्तान र किडस डोजोकै आयुषी हुमीले दोश्रो स्थान प्राप्त गरिन ।

यसैगरी प्रतियोगिताको ५० केजि समूहमा मेनडोजोकि श्रीया श्रेष्ठ प्रथम र किड्स डोजोकी पासाँ डोल्मा मुक्तान द्वितीय बनिन् भने ५५ केजि समूहमा मेनडोजोकि श्रीति श्रेष्ठले प्रथम स्थान हासिल गर्दा ६० केजि समूहमा मेनडोजोकि आकृति पुलामीले प्रथम स्थान हासिल गर्दा मयुरधाप डोजोकी सन्दीष भेटवालले द्वितीय स्थान हासिल गर्न सफल रहेको संघ कोषाध्यक्ष पुणभक्त लामाले जानकारी गराए ।

आज शनिवारसम्म जारी रहने प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः स्वणर्, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमहरुले पनि ट्रफ्री प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडी १/१ जनाले नगद पुरस्कार ट्रफ्री र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि