11.4 C
Makwānpur
Homeमुख्य समाचारसीईओ क्लबमा ६ सय बढी अभिकर्ता सम्मानित
spot_img

सीईओ क्लबमा ६ सय बढी अभिकर्ता सम्मानित

spot_img

हेटौंडा/नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले काठमाडौंस्थित स्मार्ट दरबारमा वागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/०८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ६ सय १० जना भन्दा बढी अभिकर्ताहरु, विभागीय प्रमुख, कम्पनीका वागमती प्रदेशका प्रमुख एवम् शाखा प्रमुखहरुको सहभागितामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले शुभारम्भ गरेको सम्मान कार्यक्रममा वागमती प्रदेशबाट सीईओ क्लब सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

- Advertisement - Ad Banner

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल रत्न अन्तर्गत् योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय सम्मान सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ता सम्मनित भइसकेको र सोही क्रममा वागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने जानकारी गराए ।

उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरुले सबभन्दा बढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी ससाना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी चेयरपर्सन क्लबमा पुर्‍याउने उद्धेश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट दुई हजार जना भन्दा बढी अभिकर्ताहरु कार्यक्रममा छनौट हुनुले योजना अन्यन्त सफल भएको बताए । समारोहमा सीईओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले सीईओ क्लबमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्त गर्व लागेको बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि