18.5 C
Makwānpur
Homeमुख्य समाचारपत्रकार महिलाको विकासमा क्षमता अभिवृद्धि
spot_img

पत्रकार महिलाको विकासमा क्षमता अभिवृद्धि

spot_img

शिखा सिञ्चुरी

हेटौंडा/हेटौंडामा पत्रकार महिलाको विकासका निम्ति क्षमता अभिवृद्धि तथा अन्तत्र्रिmया आयोजना गरिएको छ । कार्यक्रम सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले आयोजनामा गरेको हो । पत्रकार महिला किन पछि परेका छन् भन्ने विषय उक्त कार्यक्रममा छलफल भएको थियो ।

- Advertisement - Ad Banner

कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको प्रमुख आतिथ्यतामा भएको हो । महिला, पुरुषसहर अघि बढ्नुपर्छ भन्ने उनको भनाइ थियो । महिलालाई पुरुषसहर अगाडि बढाउनु र लैंगिक भेदभाव नगरी महिला र पुरुष दुवैलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । प्रमुख अतिथि चिलुवालले आचारसंहिता पालना गरी सत्य-तथ्य समाचार लेख्न सञ्चारकर्मीलाई आग्रह गरे । उनले नीतिनिर्माण तहमा पुग्दा आगामी कार्यक्रम तथा योजना आमजनतासमक्ष समाचारका माध्यममार्फत् पुर्‍याउन पत्रकार पुरुषको जति नै पत्रकार महिलाको भूमिका महत्वपूणर् हुने उनले बताए ।

सञ्चार मन्त्रालय प्रशासन शाखाका प्रवक्ता गजेन्द्रप्रसाद ठाकुरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष नानीमाया कार्की (सम्झना), महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुव अधिकारी, मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललगायत मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

सो क्रममा मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी महन्थ बाँस्तोलाले मन्त्रालयका तर्फबाट स्वागत मन्तव्य तथा प्रस्तुतिकरण दिएकी थिइन् । राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरकी संवाददाता अञ्जली थापाले पत्रकार महिलाले क्षमता अभिवृद्धिका लागि के गर्ने, नेपालमा पत्रकार महिलाको हालको अवस्थालगायत आधारभुत कुराबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा प्रेस काउन्सिलको अनुसन्धान तथा अनुगमन प्रमुख सञ्चिता घिमिरेले श्रमजीवी पत्रकार, पत्रकार महिलाको इतिहास, मिडियामा महिला पत्रकार किन आवश्यक छ, मिडियामा आकर्षण किन छ, समग्र पत्रकारिताका समस्या र चुनौतीलगायतबारे प्रस्तुतिकरण दिएकी थिइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि