18.5 C
Makwānpur
Homeमुख्य समाचारउम्मेद्वारको नामावली, चुनाव चिह्न प्रदान
spot_img

उम्मेद्वारको नामावली, चुनाव चिह्न प्रदान

spot_img

सुनिता बिष्ट

हेटौंडा/हेटौंडा उपमहानगरपालिका-१२ नम्बर वडाको वडाअध्यक्षका लागि मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । बुधबार निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो ।

- Advertisement - Ad Banner

आइबार १४ जनाले मनोनय दर्ता गराएकोमा १२ जना उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको हो । जसमा नेकपा एमालेका राजेश नगरकोटी, नेपाली कांग्रेसका अर्जुन तिवारी, नेकपा माओबादी केन्द्रका रविन प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोन, नेकपा (एकीकृत समाजवादी) का बलराम बल, नेपाल मजदुर किसान पार्टीकी फूलमाया तितुङको नाम प्रकाशन गरिएको छ ।

जनता समाजवादी पार्टीका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीकी दीपा लामाको नाम प्रकाशन भएको छ भने तीन स्वतन्त्र उम्बेदवारको नाम सार्वजनिक गरिएको छ । जसमा गीताकुमारी नेवार, अर्जुन घलान र छत्रप्रकाश अधिकारीको नाम सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिइन् ।

आइतबार मनोनयन दर्ता गराएका १४ जनामध्ये दुई स्वतन्त्र उम्मेद्वारले आफ्नो नाम फिर्ता लिएका छन् । जसमा कुमार पोखरेल र युनेश लामासिन्तान रहेको मुख्य निर्वाचन अधिकृत भट्टराईले बताइन् । उनका अनुसार उम्मेद्वारहरुको अन्तिम नामावलीसहित उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । एमालेका नगरकोटीलाई सूर्य चिह्न प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेसमा तिवारीको चुनाव चिह्न रुख, माओबादी केन्द्रका प्रधानको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा छ ।

रास्वपाका बललाई घण्टी चिह्न प्रदान गरिएको छ भने राप्रपाका भ्लोनलाई हलो चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत भट्टराईले बताइन् । नेपाल मजदुर किसान पार्टीकी तितुङलाई मादल चुनाव चिह्न दिइएको छ भने मंगोल नेशनल अर्गनाइजेशनकी लामालाई कुखुराको भाले, नेकपा (एस) का बललाई कलम चुनाव चिह्न प्रदान गरिएको उनले जानकारी दिइन् ।

जनता समाजवादी पार्टीका वाइबालाई ढल्केको छाता चुनाव चिह्न प्रदान गरिएको छ । स्वतन्त्र उम्मेद्वारहरु घलानलाई लसुन, नेवारलाई चापाकल र अधिकारीलाई हात मिलाएको चुनाव चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत भट्टराईले बताइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि