सुनिता बिष्ट
हेटौंडा/वागमती प्रदेशका बिनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारीका लागि मन्त्रालय विभाजन गरिने भएको छ । मन्त्रालय भन्दा धेरै मन्त्री नियुक्त गरिएको वागमतीमा मन्त्रीलाई भाग पुर्याउन पुनः एक मन्त्रालय बढाउने कसरत सुरु भएको हो ।
साउन ९ गते मन्त्री नियुक्त श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय विभाजनको गृहकार्य थालिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय बढाउने विषयमा सहमति हुन नसक्दा लामो समयसम्म विभागविहीन बसेका मन्त्री श्रेष्ठलाई कार्तिक अन्तिमसम्ममा जिम्मेवारी प्रदान गर्न लागिएको बताइएको छ । नेकपा एमालेले सम्हालेको मन्त्रालय विभाजन गर्न नमानेपछि हाल कांग्रेस नेतृत्वमा रहेका मन्त्रालयहरु विभाजन गरेर नयाँमन्त्रालय बनाउन लागिएको कांग्रेसका एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार प्रदेशको स“स्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजनको तयारी गरिएको छ । उक्त मन्त्रालयको सहकारी र मुख्यमन्त्री कार्यालयमातहत रहेको स्थानीय विकासको जिम्मेवारी विभाजन गरी प्रदेश मामिला तथा सहकारी मन्त्रालय बनाउने विषयमा छलफल भइरहेको हो । जसका लागि सोमबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री बहादुरसिंह लामा, प्रमुख सचिव डा. हरिप्रसाद लम्साल, बिनाविभागीय मन्त्री श्रेष्ठलगायत कांग्रेसका मन्त्रीहरुबीच छलफल भएको कांग्रेसका ती मन्त्रीले बताए ।
स्थानीय विकास तथा सहकारी मन्त्रालय राख्ने कि प्रदेश मामिला तथा सहकारी मन्त्रालय बनाउने वा गरिबी निवारण तथा सहकारी मन्त्रालय बनाउने भन्ने विषयमा ड्राफ्ट बनाएर छलफल गरिरहेको बताइएको छ । स्थानीय तहमा दिइने बजेट, अनुदान लगायतको जिम्मेवारी तथा सहकारी क्षेत्रको जिम्मेवारी बोक्ने गरी मन्त्रालयको नाम टुंगो लगाइने बताइएको छ ।
नेकपा एमालेले मन्त्रालयको संख्या बढाउन नदिने अडान राख्दै आएकोमा कांग्रेसको प्रस्तावलाई स्वीकार गर्दै मन्त्रालय थप्न मौन समर्थन गरेको छ । मन्त्रालयको संख्या बढ्यो भन्दै प्रतिपक्षमा हु“दा विरोध गर्ने एमाले आफंै सत्तामा हु“दा एक मन्त्रालय बढाएर मन्त्रालयको संख्या १४ पुग्न लागेको हो । मन्त्रालय बढाउनु एमालेको चाहनाविपरीत भएको एमाले वागमती संसदीय दलका सचेतक मधुसूदन पौडेलले बताए । ॅसधैं बिभागविहीन राख्दा पनि नराम्रो म्यासेज गयो,’ उनले भने-यसका लागि एउटा संयन्त्र तयार गरिएको छ । यस संयन्त्रमार्फत् मन्त्रालय थप्ने निणर्य भएको हुनुपर्छ ।
आजभोलि नै आफूले विभागीय जिम्मेवारी प्राप्त गर्ने मन्त्री श्रेष्ठको दाबी छ । मुख्यमन्त्री कार्यालयबाट नाम फाइनल भएपछि मात्र उनले कुन मन्त्रालय पाउने भन्ने थाहा हुने बताउ“दै उनले भने-नाम फाइनल गर्ने काम भइरहेको छ । मन्त्रिपरिषद् बैठकले निणर्य गरेपछि मन्त्रालय विभाजन गरेर जिम्मेवारी पाइन्छ ।
मन्त्री श्रेष्ठका अनुसार पछिल्लो समय गरिबी निवारण तथा सहकारी मन्त्रालय दिने अन्तिम निणर्य भइसकेको थियो । तर, काम देखिने खालको मन्त्रालय नभएका कारण आफूले उक्त मन्त्रालयलाई अस्वीकार गरेको उनको दाबी छ । अब बन्ने मन्त्रालय गरिबी निवारण तथा सहकारी मन्त्रालय बनाउन लागिएको उनले बताए ।
वागमतीमा हाल रहेका १३ मन्त्रालयमा कांग्रेसबाट मुख्यमन्त्री बहादुरसिंह लामा, बिनाविभागीय मन्त्री श्रेष्ठसहित अर्थमन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकास मन्त्री हरिप्रभा खड्की, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरचन्द्र लामिछाने, खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामबहादुर खड्का, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र स“स्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी गरी ७ मन्त्री छन् ।
एमालेबाट कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ तथा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन गरी ६ मन्त्री छन् ।