18.5 C
Makwānpur
Homeखेलकुदकसले रोक्यो खेलाडीको भिसा ?
spot_img

कसले रोक्यो खेलाडीको भिसा ?

spot_img

मनिता राना/ हेटौंडा

हंगेरीमा नेपालको प्रतिनिधित्व गर्दै मकवानपुरका विवेक थिङ चम्किँदैं गर्दा अन्य सहभागीले भने भिसा पाएनन् । विवेक हंगेरीमा ओलम्पिक रिङ एक्स्पो क्लासिकल गेम खेलिरहेका छन् । अन्य खेलाडीले भने भिसा नै पाएनन् ।

- Advertisement - Ad Banner

नेपाल बुद्धिचाल महासंघको बैशाख २२ गतेको पूणर्बैठक र असार ७ गतेको सचिवालय बैठकले खेलाडी, कप्तान, टोलीनेता र अन्त-र्राष्ट्रिय प्रतिनिधिसहितको नाम टुंगो लगाएको थियो । के नेपाली खेलाडीले युरोप र अमेरिका जस्ता विकसित मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने हो ?, काठमाडौंमा रहेका नेपाल बुद्धिचाल महासंघका महासचिव हेटौंडेली युवा धरम लामा भन्छन्-खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा केवल देशका लागि खेलेको हुन्छ ।

आफ्नो कुशल खेल प्रतिभाद्वारा राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउँछ । राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउँछ । स्वयम् गौरवान्वित हुनेछ । तर, त्यही गौरवशाली खेलाडीले खेल खेलेर राष्ट्रप्रति योगदान गर्ने अवसरबाट वञ्चित भएर बस्नुपर्ने किन हो ? र कहिलेसम्म ?

उनको प्रश्न छ-राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रियजगत्मा आफ्ना खेल प्रदर्शन गर्न जान खोज्दा दुतावासहरुले भिसा अस्वीकृत गरिरहँदा केवल मुकदर्शक भएरमात्र बस्ने हो ? यस्ता कति खेलाडीले भिसा नपाएका कारण आफ्ना खेल प्रतिभा कुण्ठित गरेको उहाँबाट थाहा पायौंं कि नेपालसहित १ सयभन्दा धेरै राष्ट्रले भिसा पाएका छैनन्, उनले भने-त्यसका लागि हंगेरीको मन्त्रि परिषद्सँग अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघको टोली बैठक बस्दैछ र अविलम्ब समस्या समाधान हुने सान्त्वना पायौं । उनले भोलिपल्ट जर्मनी दुतावासबाट सेप्टेम्बर ४ को समय पाइएको, मिति कम्तिमा १० दिनअघि सारिदिन अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघलाई जानकारी दिँदै दुतावासलाई अनुरोधपत्र पठाइयो । तर, सबै प्रयास व्यर्थ भए ।

सहजीकरणका निम्ति राष्ट्रिय खेलकुद परिषद्को सिफा-रिसमा खेलकुद मन्त्रालय र खेलकुद मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालय हुँदै भिसा सहजीकरणका निम्ति हामी झण्डै एक हप्ता भौंता-रियौंं । अन्ततः युवा तथा खेलकुद मन्त्रालयको सचिवस्तरीय बैठकले कुनै खेलका खेलाडीलाई परराष्ट्र मन्त्रालयमा भिसा सिफारिस नगरिदिन अनुरोध आएको जानकारी पाएपछि हामी महासंघका उपल्लो निकाय सँग समन्वय, रायसुझाव लिँदै आवेदनका लागि अगाडि बढेका हौंं, लामाले भने ।

सेप्टेम्बर ४ तारिख ४ पुरुष खेलाडी, ५ महिला खेलाडी, दुवै समूहका क्याप्टेन, टोलीनेता, अन्तर्राष्ट्रिय प्रतिनिधि र ओलम्पियाड अवलोकनकर्तासमेत १८ जनाले बायोमेट्रिक गरे । सेप्टेम्बर ६ मा पासपोर्ट संकलन गर्न बोलाइयो । ६ तारिख पासपोर्ट लिन जाँदा थाहा भयो कि भिसा कसैलाई पनि लागेन ।

यस संस्करणमा प्रतियोगिताको तयारीका लागि छनौट प्रक्रियापश्चात् नेपाल बुद्धिचाल महासंघले काजकिस्तान बुद्धिचाल महासंघस ग द्विपक्षीय सम्झौता गरेर अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ र एसियाली बुद्धिचाल महासंघको सहयोगमा नेपाली खेलाडीलाई उत्कृष्ट नतिजाका लागि पूर्व तयारीस्वरुप कोषाध्यक्ष ताराबहादुर रानाभाटको संयोजकत्वमा सदस्यद्वय राजु ताम्राकार र निरञ्जन प्रजापतिसहित ३ जनाको तयारी समिति बनाएर काजकिस्तानी ग्राण्डमास्टर मुर्तास काज्गलिभद्वारा ७ अगष्टदेखि १५ दिन प्रशिक्षण गराएको थियो ।

अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघको २ सय १ सदस्यमध्ये सन् १९८८ देखि अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघआबद्ध नेपाल बुद्धिचाल महासंघले हरेक बुद्धिचाल खेलाडीको सपना हुने सन् २००४ मा स्पेनमा आयोजित ३६ औं ओलम्पियाडदेखि सहभागी भइ २००६ को इटली, २००८ को जर्मनी, २०१० को रसिया, २०१२ को टर्कीमा खुला १ टिम र सन् २०१४ नर्वेदेखि खुला र महिला गरी २ टिम सहभागी भएर निरन्तर २०१६ का अजरबैजान, २०१८ मा जर्जिया, २०२० मा कोभिडका कारण अनलाइन र २०२२ भारतमा सहभागी भएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि