Homeअर्थपदक विजेता एरिकाको भव्य स्वागत

पदक विजेता एरिकाको भव्य स्वागत

काठमाडौं/एसियन सिनियर कराते च्याम्पियनसिपमा सहभागी भएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन् । एरिका नेपालका लागि ऐतिहासिक रजत पदकसहित स्वदेश फर्किएकी हुन् । उनले घुँडामा लागेको चोटका कारण फाइनलमा समस्या भएको बताइन् । फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उनले बताइन् । उनले आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै आगामी दिनमा यसभन्दा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त
गरिन् । त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका, उनका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीलाई स्वागत गरेका थिए । सो क्रममा नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूणर् नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरेका थिए । एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औं सिनियर एसियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौल समूहमाथि रजत पदक जितेकी थिइन् । नेपालका कुनै खेलाडीले यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेका थिएनन् । यद्यपि, उनी पहिलो स्वणर् जित्न भने चुकिन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here