Homeअर्थएउटा कुचोबापत् दुई माना चामल

एउटा कुचोबापत् दुई माना चामल

दाङ/लमही नगरपालिका-९, रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन् । उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छिन् ।

कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ, चौधरीले भनिन्-कुचो बेचेर र साटेर संकलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ । सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै रहेको उनले बताइन् । बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताइन् ।

एउटा कुचोबापत् दुई मानासम्म चामल दिने गर्छन् । नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ, उनले भनिन् ।
चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एक्लै रहेको बताइन् । एक पटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गरेपछि त्यसबाट भएको आम्दानीले दुई महिनासम्म घरखर्च चलाउन पुग्ने उनको भनाइ छ । काँचो सिरु ल्याएर त्यसबाट कुचो बनाउँछु, त्यही कुचो सुकेपछि बेच्छु, उनले भनिन् ।

सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने भन्दै यस पेशालाई निरन्तरता दिने चौधरीले बताइन् । उमेर पनि गइसक्यो, अरु काम गर्न सकिँदैन, उनले भनिन्-कुचो बिक्री हुँदासम्म यही पेशालाई निरन्तरता दिनेछु । काम सानो वा ठूलो नहुने भन्दै महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा उनले जोड दिइन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here