काठमाडौं/नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले यस वर्षको हेम-सुनिल जोखिमपूणर् टेलिभिजन पत्रकारिता पुरस्कार युद्धग्रस्त मुलुक इजरायलमा पुगेर स्थलगत् रिपोर्टिङ गरेका कान्तिपुरकर्मी र दार्चुलाको दुर्गम अपी हिमाल क्षेत्रमा पुगेर रिपोर्टिङ गर्ने एनटीभी कोहलपुरका पत्रकार टोलीलाई संयुक्तरुपमा प्रदान गर्ने निणर्य भएको छ ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले गठन गरेको पुरस्कार विजेता छनौट समितिको शुक्रबार बसेको बैठकले हेम-सुनिल जोखिमपूणर् टेलिभिजन पत्रकारिता पुरस्कार संयुक्तरुपमा दिने निणर्य गरिएको हो । पुरस्कारको राशि एकलाख रुपियाँ छ ।
कान्तिपुर मिडिया (केएमजी) ले हेटौंडाका युवा पत्रकार होम कार्की, भिडियोग्राफर श्याम श्रेष्ठ र फोटोग्राफर प्रकाशचन्द्र तिमल्सिनाको टोलीलाई इजरायल र प्यालेस्टेनी विद्राही लडाकु हमासबीचको युद्धको स्थलगत् रिपोर्टिङ गर्न पठाएको थियो । टोलीले इजरायल र गाजा क्षेत्रको सीमाक्षेत्र (फ्रान्टलाइन) मा पुगेर समाचार संकलन तथा प्रसारण गरेको थियो । इजरायल र हमासबीच युद्ध सुरु भएको सातौ दिन कान्तिपुरकर्मी इजरायल पुगेको थियो ।
हेम-सुनिल जोखिमपूणर् टेलिभिजन पत्रकारिता पुरस्कार पाउनेमा एनटीभी कोहलपुरका रिपोर्टर दुर्गा भट्ट र क्यामरापर्सन विपिन श्रीवास्तव छन् । दार्चुलाको दुर्गम अपी हिमाल क्षेत्रमा पुगेर रिपोर्टिङ गरेका थिए । पुरस्कर छनौट समितिमा राष्ट्रिय समाचार समिति कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र सञ्चारविद् मन्टेश्वरी राजभण्डारी, नेपाल पत्रकार महासंघ कोषाध्यक्ष कलेन्द्र सेजुवाल, नेपाल टेलिभिजन कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजन समाचार प्रमुख पुष्पहरि क्याम्पा राई र प्रतिष्ठान शाखा अध्यक्ष दीपकजंग हमाल सदस्य छन् ।