Tuesday, June 6, 2023

कृषकलाई थुनेलो नियन्त्रण सम्बन्धि अभिमुखीकरण

ताजा / भरखरै प्राप्त

हेटौंडा, बकैया गाउँपालिकाका दुग्ध कृषकलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण गरिएको छ । वागमती प्रदेश दुग्ध विकास बोर्डले स्थलगत्रुपमा पालिकाको हात्तीसुँडेमा कार्यक्रम आयोजना गरेर थुनोलो रोग सम्बन्धि अभिमुखीकरण गरेको हो ।

दुग्ध उत्पादक कृषकसहित सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा किसानको प्रमुख समस्या गाईभैंसीमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दूध उत्पादनमा ह्रास आउनेमात्र नभइ पशुको मृत्युसमेत हुने गरेको बताइएको थियो ।

बोर्डका निर्देशक डा. सजिना ज्ञवालीको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा खत्रीले किसानमैत्री पालिका बकैयामा दुग्ध उत्पादकत्व बढाउन थुनेलो सम्बन्धि कार्यक्रम राख्नाले किसान खुशी भएको बताउँदै यस्ता क्रियाकलाप बढाउनसमेत आग्रह गरेका थिए ।

कार्यक्रममा हात्तीसुँडे दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष तोयानाथ दाहालले किसानले कतिपय रोग थाहा नपाउँदा पनि बाध्य भएर विभिन्न दुःख पाउनु परेको बताउँदै बोर्डले प्राविधिक सहयोग गरे किसान लाभान्वित हुने बताए ।

प्रदेश दुग्ध विकास बोर्डका अधिकृत डा. उमेश थापाले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका कृषि अधिकृत अशोककुमार सिंह, बोर्डका प्राविधिक मोहनकुमार यादबलगायतको सहभागिता थियो ।

बोर्डले थुनेलो नियन्त्रणका लागि टिटडिप कप, टिट डिपिङ केमिकल किसानलाई हस्तान्तरण गरेको थियो । बोर्डले पालिका र स्थानीय हात्तीसुँडे दुग्ध उत्पादक सहकारी संस्थालाई सीएमटी रिएजेन्ट र प्यान्डल वितरण गरेको थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles