Tuesday, June 6, 2023

निर्वाचित वडासदस्यसहित कांग्रेसमा

ताजा / भरखरै प्राप्त

हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा–१ मा नेकपा एमाले पार्टीको तर्फबाट निर्वाचित पूर्व वडासदस्यसहित ५० जना युवा कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

एमालेबाट वडा सदस्य निर्वाचित सोमलाल स्यांतानसहित ५० जना नेता कार्यकर्ता नकौलीमा आयोजित एक कार्यक्रमबीच कांग्रेस पार्टी प्रवेश गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा स्यांतान वडा सदस्य निर्वाचित भएका थिए । उनी स्थानीय बाराही आधारभुत विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत हुन् ।

नेपाली कांग्रेस १ नम्बर वडा समिति सभापति हरिकृष्ण महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले टीका तथा खादा लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै पूर्व वडासदस्य स्यांतानले नेकपा एमाले पार्टीमा लागेर गाउँको विकास गर्ने आफ्नो ठूलो धोको भए पनि पार्टीकै नेताहरुबाट अवरोध भएपछि आफूले पार्टी परित्याग गरेको बताए ।

उनले आफू सत्य र विकासको बाटोमा हिँड्ने व्यक्ति भएको भन्दै उनले जनतालाई झुटो बोलेर भुलभुलैयामा राख्ने एमाले पार्टीमा लागेर हिँड्न नसकेको बताए । जनतालाई दुःख पर्दा एमाले नेता कहिल्यै जनताको घरमा नपुग्ने तर चुनाव आएपछि भोट माग्दै विभिन्न आश्वासन बाँड्दै आउने गरेकोमा उनले दुःख व्यक्त गरे ।

कार्यक्रममा स्यांतानसहित नवराज भ्लोन, अमर भोम्जन, छेवाङ भोम्जन, विजय थिङ, लक्ष्मीमाया भोम्जन, सोमलाल मोक्तान, रवीन्द्र बल, देवेन्द्र बल, कृष्ण बललगायत वडास्तरीय नेताहरु टीका लगाएर कांग्रेस प्रवेश गरेका थिए ।

नगर सभापति इटेनीले पछिल्लो समय कांग्रेस पार्टीमा जनताको आकर्षण बढेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझै कांग्रेस पार्टीलाई जनमुखी बनाउनेमा ढुक्क हुन आग्रह गरे । कांग्रेस पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित सम्मानसहित पार्टीमा जिम्मेवारी दिइने बताउँदै उनले आगामी निर्वाचनमा सक्रिय भएर गठबन्धनलाई जिताउन आग्रह गरे ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles