हेटौंडा – हेटौंडा–६, चौघडामा रहेको नौलोविहानी कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष भरत सापकोटाको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा संस्थाको संस्थागत् प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सापकोटाले चालु आव २०७९÷०८० मा संस्थाको ३ करोड ७० लाख कारोबार गर्ने योजना रहेको बताए । संस्थाले बचत संकलनमा १ करोड ७८ लाख, ऋण असुलीमा १ करोड २० लाख, लगानीबाट ब्याज असुलीमा २१ लाख, शेयर बिक्रीबाट २ लाख ५० हजार, रासायनिक मल तथा विउविजनबाट १० लाख, आर्थिक सहयोगबाट ८ लाख संकलन गर्ने योजना बनाएको छ ।
सभामा ऋण उपसमिति संयोजक डोरबहादुर अधिकारीले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले लेखापरीक्षण प्रतिवेदन र लेखासुपरीवेक्षण समिति संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
भेलामा उत्कृष्ट बचतकर्ता शारदा श्रेष्ठ र बिमला दुलाल, उत्कृष्ठ कारोबारीमा ठूलीमाया नेपाली र चन्द्रबहादुर मानन्धर, उत्कृष्ट कृषकमा रामहरि ओझा, ज्येष्ठ शेयर सदस्य हेमबहादुर खड्कालाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, संस्था सल्लाहकार राजेन्द्रप्रसाद चौलागार्इं, विष्णुप्रसाद ढुंगाना, चौघडा सहकारी अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, कामधेनु बहुउद्धेश्यीय सहकारी अध्यक्ष उदय बिडारी, वंशगोपाल दुग्ध उत्पादक सहकारी अध्यक्ष श्यामप्रसाद न्यौपाने, रानी सामुदायिक बन अध्यक्ष विष्णुप्रसाद न्यौपाने, जनकल्याण सहकारी सचिव रोमबहादुर न्यौपाने र सञ्चारकर्मी भीमसेन पौडेललगायतको उपस्थिति थियो ।