Friday, June 2, 2023

कमल र मल्लले जलाएको बस्ती संरक्षण गर्ने प्रतिवद्धता

ताजा / भरखरै प्राप्त

हेटौंडा– बस्ती हटाउने हल्ला चलेपछि तत्कालीन धियाँल गाविसमा पर्ने हाल बकैया गाउँपालिका–१ स्थित बरबोटका स्थानीय त्रसित थिए । वर्षौदेखि बसोबास गर्दै आएको थातथलो छाड्नुपर्ने पीडाले स्थानीय चिन्तित थिए ।

यस विषयमा छलफल गर्न उक्त क्षेत्रबाट निर्वाचित सांसद् कमल थापाले स्थानीयलाई हेटौंडा बोलाए । गाउँघरका भद्रभलाद्मी र युवाहरु सबैलाई छलफलका लागि भन्दै हेटौंडा बोलाइयो ।

२०४४ सालको घटनाले दिएको पीडा अझै पनि बकैया गाउँपालिकाका स्थानीयले भुलेका छैनन् । २०४४ सालमा पञ्चायत सरकारका बन मन्त्री हेमबहादुर मल्ल र उक्त समयमा मकवानपुरको निर्वाचित राप्रपा नेपालका अध्यक्ष थापाले बन क्षेत्रमा बस्ती बसेको भन्दै करिब सात सय घरमा आगजनी गरेका थिए । त्यसबेला आगजनीसँगै हात्ती लगाएर घरहरु भत्काइएको थियो ।

हाल बकैया–१ नम्बर वडाको धियाँलडाँडा, महादेवडाँडा, रजुवाइ, इपिलघारी, हिलेखोलालगायत बस्ती आगजनी गरेर हटाएको तत्कालीन धियाँल पञ्चालय प्रमुख शेरबहादुर भ्लोनले बताए । भागदौडका समयमा कोक्रोमा रहेको बच्चासहित महिला र बालबालिकाले ज्यान गुमाएका थिए ।

बस्तीबारेमा छलफल गर्न भन्दै सांसद् थापाले गाउँका जान्नेसुन्ने र युवाहरुलाई हेटौंडा बोलाएर गाउँमा महिला, बालबालिकामात्र भएको मौका छोपेर आगो लगाएको स्थानीय ८१ वर्षीय कान्छीमाया हिमडुङले बताइन् । ‘हाम्रो गाउँ खरानी भएको, बालबच्चा मरेको अझै बिर्सेका छैन हामीले,’ उनले भनिन् । बिस्थापित गाउँमा नेकपा माओवादी केन्द्रको पहलमा जनयुद्धको समयमा पुनः बस्ती बसालिएको थियो ।

१९९३ सालको नम्बरी जग्गासमेत बस्ती उठाएर एलानी बनाएपछि करिब सात सय परिवार सुकुम्बासी बनेका थिए । बारा र रौतहटको सीमामा पर्ने गाउँमा हाल करिब २ हजार ५ सय परिवार बसोबास गर्दैै आएका छन् । सोही क्षेत्रबाट फेरि कमल थापा यस पटक नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

गाउँमा पुगेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले बस्ती संरक्षणको बाचा गरेका छन् । बकैया–१, धियाँलस्थित बरबोट चिसापानीमा आयोजित सभालाई सम्बोधन गर्दै मकवानपुर प्रतिनिधिसभा–१ की उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना) ले आफूहरु बस्ती संरक्षण र विकासका लागि आएको बताइन् । ‘हामी यस बस्तीलाई बचाउन आएका छौं । यहाँको लालपुर्जा र सीमाको समस्या हामी समाधान गर्छौ,’ उनले भनिन्–हामीलाई जिताउनुहोस्, यस ठाउँको विकास गर्ने जिम्मा हाम्रो भयो ।

सभालाई सम्बोधन गर्दै मकवानपुर–१ (क) प्रदेशसभा उम्मेदवार नेकपा माओवादी केन्द्र वागमती प्रदेश समिति उपाध्यक्ष प्रेमबहादुर पुलामीले हातमा पैसाको मुठा लिएर आउनेहरुसँग सचेत भएर जनताको पक्षमा काम गर्नेहरुलाई विजयी गराउन अनुरोध गरे । उक्त क्षेत्रको विकासमा आफूले लामो समयदेखि काम गर्दै आएको बताउँदै उनले जग्गाधनी पुर्जा बितरणको काम अघि बढेको बताए । उनले छिमेकी जिल्लासँगको सीमा विवादबारे पनि केन्द्र सरकारसँग पहल गरेर छिट्टै समाधान गरिने प्रतिवद्धता ब्यक्त गरे । सभामा नेकपा एमाले परित्याग गरी २० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles