शिर ठाडो राख्न एमाले आवश्यक

0
158

हेटौंडा – मकवानपुर क्षेत्र नम्बर–१ (ख) का नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले नेपालको स्वाधीनता अखण्डता र राष्ट्रहितका निम्ति एमालेलाई मत दिन आग्रह गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ को एमालेका बिभिन्न बैठकलाई सम्बोधन गर्दै उनले एमालेको जित सुनिश्चित रहेको पनि बताए । राष्ट्रको गुमेको भूमि फिर्ता ल्याउने पार्टी नेकपा एमाले रहेकाले सबै नेपालीको शिर ठाडो राख्न जित आवश्यक रहेको बताए । हेटौंडा–१३ का हरेक नागरिकको समस्या समाधानका लागि आफू प्रत्यक्षरुपमा लाग्ने उनले बताए ।

एमालेले मकवानपुरसँगै देशभर सुरु गरेको विकासको लहरलाई एमालेको जितसँगै पूरा हुने भनाइ उनले राखे । २०७४ मा हेटौंडा उपमहानगरको नेतृत्व एमालेले गरेका कारण हाल हेटौंडाको विकासले फड्को मारेको उनको भनाइ थियो । २०७४ को प्रदेशसभामा पनि एमाले नेतृत्व भएका कारण राजधानी हेटौंडा भएको उनले स्मरण गराए । उनले भने–हाम्रा विकासप्रेमी नेता डोरमणि पौडेल यस क्षेत्रबाट उम्मेदवार बनेर मुख्यमन्त्री बन्नुभयो । अनि, हामीले गाउँगाउँ विकास अनि प्रदेश राजधानी पायौं ।

बिभिन्न पार्टी परित्याग गरेर ४० जना एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा, हेटौंडा उपमहानगरपालिका निवर्तमान मेयर हरिबहादुर महतलगायतको आतिथ्यता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here