Tuesday, June 6, 2023

मंसिर २२ गते हेटौंडामा नेपथ्य

ताजा / भरखरै प्राप्त

हेटौंडा – नेपथ्यले एक महिना लामो देशव्यापी प्रस्तुति दिने भएको छ । मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारी गरेको ब्याण्डले यसपालिदेखि नयाँ अठोटका रुपमा मानवता प्रवद्र्धन अभियानमा सहभागी हुँदैछ ।

यसभन्दा पहिले विद्यालयमा हतियारधारीको हस्तक्षेप हटाउन शान्तिका लागि शिक्षा र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ सुन्दर शान्त नेपालजस्ता अभियान नेपथ्यकै सक्रियता एवम् सहभागितामा अघि बढेको थियो । यस्ता अभियानमा नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अथ्र्याउने प्रयास गथ्र्याे ।

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले अब भने मानवताका लागि संगीतमार्फत् मानवीय आयामलाई आफ्नो आवाजको उद्धेश्य बनाउने सोच लिएको हो । यस प्रणलाई सार्थक तुल्याउन नेपथ्यले सामाजिक संस्था मानवसेवा आश्रमसँग हातेमालो गरेको छ । मानवताको लागि संगीत कार्यक्रमको पहिलो प्रस्तुति बिराटनगरमा हुनेछ ।

मंसिर १६ गते बिराटनगरस्थित हाटखोला मैदानमा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड बीरगञ्ज प्रस्थान गर्नेछ । मंसिर १९ गते बीरगञ्जको आदर्शनगर रंगशाला, मंसिर २२ गते हेटौंडाको भुटनदेवी स्कुल मैदान, २५ मंसिर गते नारायणघाटको क्याम्पाचौरमा ब्याण्ड उपस्थित हुनेछ ।

मंसिर महिनाको अन्तिम कन्सर्ट भने नेपालगञ्जमा २९ गते आयोजना गरिनेछ । ब्याण्डले पुस ३ गते धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ । पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्च, पुस ९ गते बुटवलको रामनगर खेलमैदान, पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिनेछन् । यसरी देशका सम्पूर्ण प्रदेश घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाडौं पुग्नेछ । काठमाडौंमा पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ ।

ब्याण्डले बेसहारा बन्न पुगेका नेपालीको आवाज बन्नेमात्र नभइ उनीहरुको सहयोगार्थ अर्थ संकलनमा हातेमालो गर्नेछ । ‘हामीले गीतसंगीतमात्र नभइ सामाजिक दायित्वलाई समेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका गायक अमृत गुरुङले भने–कुनै नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका स्रोता दर्शकमाझ पुग्न लागेका छौं । नेपथ्यको यो भ्रमणलाई नेपालयले व्यवस्थापन गर्न लागेको हो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles