Tuesday, June 6, 2023

मकवानपुरगढीमा वर्षौदेखि धानकोदो

ताजा / भरखरै प्राप्त

हेटौंडा– नेपालको उच्च पहाडी क्षेत्रमा परापूर्वकालदेखि धानकोदो (चिनो) खेती हुँदै आएको पाइन्छ । बिभिन्न अध्ययन–अनुसन्धानले नेपालका बिभिन्न पहाडी जिल्लामा यसको खेती भइरहेको उल्लेख भए पनि मकवानपुरको मकवानपुरगढी वडा–१ मा ५० औं वर्षदेखि धानकोदो खेती हँुदै आएको वडाध्यक्ष आइतसिं लोले जानकारी दिए ।

केही वर्षअघि बढी मात्रामा लगाइँदै गरेको धानकोदो क्रमशः घट्दो अवस्थामा छ । मकवानपुरगढी वडा–१, रानीडाँडालगायत स्थानमा हाल करिब सय रोपनी क्षेत्रफलमा धानकोदो खेती लगाइएको कृषक छोइशान्ति दोङले बताए । दोङले ५ कठ्ठामा धानकोदो लगाएका छन् ।

धानकोदो (चिनो) को दाना फलेर भुस हटाइ भात वा खिरका साथै दाना भुटेर वा पिठो बनाएर बिभिन्न परिकार बनाइ खाने गरिन्छ । यसको दानामा ११.९ प्रतिशत् पानी १२.५ प्रतिशत् प्रोटिन, १.१ प्रतिशत् चिल्लो पदार्थ, ७०.४ प्रतिशत् कार्बोहाइड्रेट पाइन्छ ।

मधुमेह रोगको समस्या भएका मानिसका लागि चिनो अतिउत्तम खानेकुरा मानिन्छ । चिनोमा फेनोल्स, फाइटेट्रस नामक क्यान्सरनिरोधक फाइटोकेमिकल्स र क्याल्सियम, म्याग्नेसियम, सोडियम, म्याग्निज, आइरन जस्ता खनिजतत्व पनि पाइन्छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles