Friday, June 2, 2023

दराज दशैं धमाका घोषणा; १० हजार सम्मको भाउचर, ७०% सम्म मेगा डिल बम्पर उपहारमा NIU NQI स्कुटर 

ताजा / भरखरै प्राप्त

भाद्र २७ , काठमाडौँ  आफ्नो पहिलो मेगा इभेन्ट “दराज महोत्सव” आयोजना गरेको केही दिनमै र आगामी दशैं पर्वको लागि मञ्च तय गर्दै, नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। यो अभियान भदौ २९ बाट (१४ सेप्टेम्बर २०२२) बाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ। यस अभियानका मुख्य विशेषताहरूमा ७०% सम्मको मेगा डिल, नि:शुल्क शिपिंग,रु.२५०० सम्मको प्रीपेमेन्ट छुट, रु.१०,००० सम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा NIU NQI इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ।

कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्ड मार्फत १५% (अधिकतम रु. २०००)क्रेडिट कार्ड मार्फत २०% (अधिकतम रु. २५००) सम्मको छुट पाउन सक्नेछन्। विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन्। साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत % ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् । यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५% (अधिकतम रु. १०००) सम्मको अतिरिक्त छुट पनि पाउनेछन् ।।

विगतमा जस्तै, दशैं धमाकाले धेरै लोकप्रिय खेल रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन्: अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान वे टिकट मोटो जी २२। सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु.१ फिर्ता गरिनेछ।

प्रमुख राष्ट्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट 

दराज दशैं धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । अभियानका लागि डायमण्ड पार्ट्नर्समा रोहटो, गोल्डस्टार, एमआईक्यूएनयू छन् भने प्लेटिनम पार्ट्नर्स साझेदारहरूमा वाओ, आमय्रा फेशन हाउस, सिजी डिजीटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेटकडेन्स नेपाल पर्दछन्। र अन्तमा, गोल्ड पार्टनरहरूमा जुआस, मामाअर्थ, अमेजफिट, मसाला बिड्स, कन्भर्स, न्यू ब्यालेन्स, लोट्टो स्पोर्ट्स नेपालवन प्लस समावेश छन्।

अभियानका थप हाइलाइटहरूमा शेक शेक भाउचर, ११ को बजार, आजाको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उस्ले जित्यो, सेलको झटकास्टोरवाइड अफर समावेश छन्। 

दशैं धमाका अभियान बारे थप जान्नको लागि, कृपया हाम्रो अभियान पृष्ठलाई सन्दर्भ गर्नुहोस्:

https://click.daraz.com.np/e/_7CWRN

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles