भाद्र २७, मकवानपुर उद्योग वाणिज्य संघको तीन दिने भ्रमण सकिएको छ । सिन्धुली, रामेछाप र दोलखा भ्रमण कार्यक्रम सम्पन्न भएको हो । आन्तरिक पर्यटन प्रवद्र्धन र सम्बन्ध विकासको उद्धेश्यसहित संघ अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वमा संघ सल्लाहकार, पदाधिकारी, सदस्य, कर्मचारीको सहभागितामा सिन्धुली, सिन्धुलीगढी, चरिकोट, दोलखाको कालीञ्चोक भागवती मन्दिर, भीमसेन मन्दिर, जिरी र रामेछापमा भ्रमण वा छलफल कार्यक्रम गरी तीन दिने अध्ययन–अवलोकन भ्रमण सम्पन्न भएको हो ।
सिन्धुली उद्योग वाणिज्य संघले मकवानपुर उद्योग वाणिज्य संघको २७ सदस्यीय भ्रमण टोलीलाई सिन्धुलीमा स्वागत तथा छलफल कार्यक्रम गरेको थियो । छलफलमा सिन्धुली उद्योग वाणिज्य संघ अध्यक्ष अर्जुनकुमार श्रेष्ठले सिन्धुली उद्योग वाणिज्य संघका गतिविधि र सिन्धुली जिल्लाबारे जानकरी दिएका थिए । उाले २०७९ पुस ८ गतेदेखि १८ गतेसम्म सिन्धुलीमा मेला आयोजना गरिने बताए ।
सिन्धुलीमा हालसम्म १३ वटा बस्तुगत संघ आवद्ध भएको उनको भनाइ थियो । छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष गुप्ताले संघको स्थापनादेखि संघका विभिन्न गतिविधि र जिल्लाको पर्यटकीय क्षेत्रबारे चर्चा गरेको थिए ।
छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ सल्लाहकार उत्तमप्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्ज्वल चौलागाईं र राजु अधिकारी, कोषाध्यक्ष सन्तोषकुमार अर्यालले आफ्ना भनाइ राखेका थिए भने सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरबल चौधरी र महासचिव रामकुमार राजभण्डारीले मन्तव्य राखेका थिए । कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघ उपाध्यक्षहरु राधा खड्का, बासुप्रसाद भेटवाल, रामभक्त श्रेष्ठ, कोषाध्यक्ष कुलबहादुर थापालगायत पदाधिकारी, सदस्य तथा महिला उद्यमीलगायतको सहभागिता थियो ।
कालीञ्चोक भगवती र भीमसेन मन्दिरको दर्शनपश्चात् दोलखा उद्योग वाणिज्य संघले भ्रमण टोलीलाई चरिकोटमा स्वागत गरेको थियो । स्वागतपश्चात् छलफलमा दोलखा उद्योग वाणिज्य संघ अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले मन्तव्य रारेका थिए ।
दोलखा उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य रामेश्वर मानन्धरले दोलखाका उत्पादनको लेबलि·, प्याकेजिङ र बजारीकरणको आवश्यकता औंल्याए ।
कोसेली घरको ब्राण्डिङ नेपाल उद्योग वाणिज्य महासंघले गर्नुपर्ने उनको भनाइ थियो । नेपालमा किबीको सुरुवात दोलखाबाट २०४३ सालमा भएको उनले बताए । नेपाल पत्रकार महासंघ दोलखा अध्यक्ष दीपशंकर चौलागार्इंले २०७२ को भुकम्पले दोलखा चिराचिरा परेको, धनजन क्षति भइ आक्रान्त हुन पुगेको स्मरण गर्दै हाल उक्त अवस्थाबाट दोलखा माथि उठेको बताए ।
विगतमा होटलको अभावले पर्यटनमा समस्या परिरहेकोमा हाल पर्याप्त होटल रहेको उनले बताए । हाइड्रोपावरमा दोलखा अग्रणी जिल्ला रहेको पनि उनले बताए । आलुको बिउ उत्पादक जगत्बहादुर श्रेष्ठले दोलखा भगवान शिव र ऋषिहरुको तपोभूमि रहेको बताए । उनले रातो र सेतो आलुको बिउ उत्पादन गरिरहेको, आलुलाई निश्चित आकार र रंग निर्धारण गरी उत्पादन गर्न सकिने र देशलाई आलुमा आत्मनिर्भर बनाउन सकिने बताए ।
मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष गुप्ताले संघका गतिविधिबारे बताए । कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघ प्रथम उपाध्यक्ष दिनेश थापा, द्वितीय उपाध्यक्ष सनत थापालगायत पदाधिकारी तथा सदस्यहरु र मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीको उपस्थिति थियो ।
जिरी उद्योग वाणिज्य संघमा पनि छलफल गरिएको थियो । जिरी उद्योग वाणिज्य संघ कार्यबाहक अध्यक्ष बाबुराज श्रेष्ठले भ्रमण टोलीलाई जिरीमा स्वागत गरे । कार्यक्रममा जिरी उद्योग वाणिज्य संघ भर्खर स्थापना भएकाले धेरै काम गर्न बाँकी रहेको र मकवानपुर उद्योग वाणिज्य संघको टोली पर्यटकीय नगर जिरीमा भ्रमणका लागि आउँदा खुशी तुल्याएको बताए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष गुप्ता र जिरी उद्योग वाणिज्य संघका महासचिव देवलाल श्रेष्ठले आफ्ना भनाइ राखेका थिए । जिरी उद्योग वाणिज्य संघ उपाध्यक्ष रमेश बस्नेत, सचिव दीपक कार्कीलगायतको कार्यक्रममा उपस्थिति थियो ।
मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई रामेछाप उद्यँेग वाणिज्य संघका तर्फबाट मन्थलीमा स्वागतसहित छलफल कार्यक्रम गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै रामेछाप उद्योग वाणिज्य संघ अध्यक्ष केशबप्रसाद घिमिरेले संघको स्थापनादेखि विभिन्न क्रियाकलापबारे बताए ।
उनले रामेछाप, सडक सञ्जालसँग जोडिए पनि १६ दशमलव २ टन भन्दा माथिको मालबाहक गाडी उक्त सडकमा चल्न नपाइने, हाइड्रोबाहेक ठूला उद्योग स्थापना नभएको, कृषितर्फ अदुवा, जुनार, आलु, अलैंची, खुर्पानी, जडिबुटीलगायत उत्पादन र केहीको प्रशोधन उद्योगहरु रहेको बताए । खसीबाख्रा र बंगुरपालन रामेछापमा हुने गरेको उनले जनाए ।
मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष गुप्ताले संघका गतिविधिबारे चर्चा गरे । मकवानपुर उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष कृष्ण कटुवालले कोरियन कृषिप्रविधि नेपालमा भिœयाउन प्रयासरत् रहेको, भ्रमणले ज्ञान र अनुभव बढाउने, उद्योग स्थापना गर्न धेरै परिस्थिति मिल्नुपर्ने आदि बताए ।
रामेछाप उद्योग वाणिज्य संघ सल्लाहकार जगन्नाथ दाहालले रामेछापबाट लुक्ला हवाइयात्रा गर्न सकिने, मध्यपहाडी लोकमार्ग बने रामेछापलाई सहज हुने, सुरुङमार्ग बने यात्रा अत्यन्त सहज हुने, पानी अभाव रहेकोले १ हजार मिटरसम्म माथि पानी लगेर उपभोग गर्नुपरेको र रामेछापमा फलाम र चुनखानी रहेको उनले बताए ।
रामेछापका कार्यकारी अधिकृत नवीन केसीले रामेछापका उद्योगी–व्यवसायी नापतौल यन्त्र दर्ता तथा नवीकरण गर्न जनकपुर जानुपर्ने बाध्यता रहेको र उद्योग वाणिज्य संघलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष नारायणदास श्रेष्ठलगायत सदस्यको उपस्थिति थियो ।