Monday, June 5, 2023

मलाई टिकट दिए अन्य पार्टी हार्छन्

ताजा / भरखरै प्राप्त

भाद्र २७, मकवानपुरका अधिकांश दलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेद्वार सिफारिस गरिसकेका छन् । उम्मेद्वार सिफारिस भएकाको नाम प्रदेशबाट पनि सिफारिस भएर केन्द्रमा पुगिसकेको छ ।

सिफारिस गरिएका प्रत्यक्षतर्फका उम्मेद्वारहरु केन्द्रीयस्तरका नेताहरुलाई भेटेर आफूले पाए चुनाव जित्ने नत्र चुनावमा हार बेहोर्नुपर्ने भन्दै लबिङ गरिरहेका छन् । विशेषगरि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलमा उम्मेद्वार सिफारिस चाहिने भन्दा धेरैको भएको छ । टिकट दिए आफूहरुले चुनावमा अन्य पार्टीलाई हराउन सक्ने भन्दै लागिपरेका छन् उनीहरु ।

कांग्रेस मकवानपुर कार्यसमिति बैठकले केन्द्रीय सहमहामन्त्री महालक्ष्मी डीना उपाध्याय, कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वसभापति माइकल रामचन्द्र अर्याल र जयराम लामिछानेको नाम २ क्षेत्रका लागि सिफारिस गरेको जिल्ला सचिव भीमसेन महतले जानकारी दिए । सचिव महतका अनुसार ४ मध्ये दुई जना एक–एक क्षेत्रबाट उम्मेद्वार बन्नेछन् ।

नेकपा एमाले मकवानपुरले प्रतिनिधिसभा सांसद्का लागि नाम सिफारिस गरिसकेको छ । एमालेले क्षेत्र नम्बर–१ का लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमालेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र–१ का लागि रामेश्वर राना, कृष्णप्रसाद दाहाल, मदनकुमार दाहाल, नरहरि महत र रमिला सापकोटाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का लागि ३ जनाको नाम एमालेले सिफारिस गरेको छ । महेशकुमार बर्तौला, सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धर नाम प्रदेश कमिटीमा पठाइएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले उम्मेद्वारहरु चयनका लागि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला पार्टी कार्यालय हेटौंडामा बसेको बैठकले मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का लागि प्रत्यक्षतर्फ पूर्वसभासद् प्रह्लाद लामिछाने, जीवन गोले, वसन्तकुमार लामालाई सिफारिस गरेको छ । क्षेत्र नम्बर–२ का लागि पूर्वराष्ट्रियसभा सदस्य रामनारायण बिडारी र पार्टीका पोलिट्ब्युरो सदस्य कुमारी मोक्तानलाई सिफारिस गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) मकवानपुरले प्रदेश तहमा क्षेत्र नम्बर–२ बाट पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाको मात्रनाम सिफारिस गरेको छ । गठबन्धनमा खतिवडा नै उम्मेद्वार बन्ने सम्भावना बढेपछि नेकपा (एस) ले उनको मात्र नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर–१ का लागि धनप्रसाद गौतम, यादब गजुरेल र विषभ अधिकारीको नाम सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ ।

राप्रपा नेपाल मकवानपुरले जिल्लाबाट केन्द्रीय अध्यक्ष कमल थापाको नाम सिफारिस गरेको छ । थापाको गृहक्षेत्र मकवानपुर–१ बाट प्रतिनिधिसभामा उम्मेद्वार बनाउन उनको एकल नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापा गत निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट उम्मेद्वार बनेका थिए । उनी नेकपा एमालेका उम्मेद्वार कृष्ण दाहालसँग पराजित भएका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles