Tuesday, June 6, 2023

मकवानपुर क्याम्पस विश्वविद्यालयको रुपमा

ताजा / भरखरै प्राप्त

भाद्र २७, हेटौंडा–२ मा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसले हाल सञ्चालनमा रहेका कक्षा, तह र विषय, विद्यार्थी संख्या, नतिजा, मानव संसाधन अवस्था, आर्थिक पक्षलगायत विषयमा जानकारी गराएको छ ।

२०३७ सालदेखि सञ्चालित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउनेतर्फ आवश्यक पहल भइरहेको क्याम्पस प्रमुख डा. शंकर उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी दिए । विद्यार्थी संख्या धेरै, विषय शिक्षण पनि धेरै रहनुका साथै ६ जना पीएचडी गरेका प्राध्यापक रहेकाले क्याम्पसलाई अब विश्वविद्यालयतर्फ लैजानुपर्ने उनको धारणा छ ।

क्याम्पसमा प्लस टु, बीबीएस, बीए, बीएड्, बीएस्सी, एमबीएस, एमए, एमएड तह रहनुका साथै यस वर्षदेखि शिक्षा संकायअन्तर्गत् बीआईसीटीई कार्यक्रम सञ्चालन गरिएको प्रमुख उपाध्यायले बताए । वार्षिक ६ हजार भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने मकवानपुर क्याम्पसबाट उत्कृष्ट भएका (नेपाल टपर) विद्यार्थीको नाम सार्वजनिक गरिएको छ । नेपाल टपरमा मनिषा लुईंटेल बीबीएम सातौं सेमेस्टर (दोस्रो स्थान), बीबीएम आठौंमा (तेस्रो स्थान), पुष्पा दुलाल बीबीएम सातौं सेमेस्टर (दोस्रो स्थान), बीबीएम आठौंमा (तेस्रो स्थान), प्रजिता सुबेदी बीबीएम आठौं सेमेस्टरमा (दोस्रो स्थान), समीक्षा सापकोटा बीबीएम तेस्रो सेमेस्टर (दोस्रो स्थान) रहेको क्याम्पसले उल्लेख गरेको छ ।

क्याम्पसमा ९ जना सहप्राध्यापक, ५२ जना उपप्राध्यापक, ९ जना सहायक प्राध्यापक, आंशिक प्राध्यापक ७ जना, कोर्ष करार ४ जना गरी १ प्राध्यापकले अध्यापन गराइरहेका छन् । समुदायबाट सञ्चालित नेपालका ठूला सामुदायिक क्याम्पसमध्ये पर्ने मकवानपुर क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको क्युएए सर्टिफाइड क्याम्पस हो । क्याम्पसले आव २०७९-०८० मा २४ करोड ११ लाख ९० हजार १ सय ७० रुपियाँको अनुमानित आयव्यय सार्वजनिक गरेको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles