Friday, June 9, 2023

प्रेमगीत–३ नेपाल र भारतमा

ताजा / भरखरै प्राप्त

भाद्र २७, नेपाली चलचित्र प्रेमगीत–३ ले नेपालमा मात्र नभइ भारतका विभिन्न शहरमा चर्चा कमाइरहेको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र यतिखेर चलचित्रका निर्माण पक्ष प्रचारप्रसारमा व्यस्त छन् । उनीहरु दुई समूहका विभाजन भएर नेपाल र भारतमा प्रचारप्रसारमा छन् ।

निर्देशक एवम् निर्माता सन्तोष, नायक प्रदीप खड्कासहित टोली भारतका विभिन्न शहरमा प्रचारप्रसारमा व्यस्त छ भने नेपालमा कलाकार सुनिल थापा (राते काइँला) नेतृत्वको टोली नेपालका विभिन्न शहरमा चलचित्र प्रचारप्रसारमा व्यस्त छ ।

असोज ७ गते वडादशैंको अवसरमा नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्रका निर्माण पक्षले हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाल र नेपालीको साझा सम्पत्तिका रुपमा रहेको चलचित्र हेर्न आग्रह गरेको छ ।

चलचित्रका कार्यकारी निर्माता चक्रबहादुर चन्दले मनाङ सातगाउँको दुई सय वर्ष पुरानो युद्ध र दरबारको कथावस्तुलाई चलचित्रमा उतारिएको बताए । सबै छायांकन मनाङमा भएपछि दरबारको चाहीं कीर्तिपुरमा निर्माण गरी चलचित्र छायांकन गरिएको चन्दले बताए ।

उनले बलिउडमा जाने गरी चलचित्र नबनाएको र कोभिडले चलचित्र प्रदर्शन रोकिएको बेला भारतमा डबिङ गर्ने योजनाअनुरुप यस्तो अवस्था आइपुगेको बताए ।

चलचित्रका कलाकार थापाले चलचित्र नेपाल र नेपालीले गर्व गर्नुपर्ने चलचित्र बनेको छ । टिपिकल नेपालका विभिन्न दृष्यलाई समेटेर तयार भएको चलचित्र नेपाली र हिन्दी भाषामा तयार भएकाले भारतीय र नेपालीले साथ र माया गर्नेमा आफूहरु ढुक्क रहेको उनले बताए । बलिउडमा प्रतिस्पर्धा गर्दा नेपाली चलचित्रको इतिहास रच्ने बताए । बहुचर्चित बहुबली चलचित्रमा डबिङ गर्ने कलाकारले चलचित्रको डबिङ गरेकाले चलचित्रको हाइट बढेको उनले बताए ।

एकैपटक सत्र सय सिनेमा हलमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । पत्रकार सम्मेलनमा हेटौंडेली नवनायक मनिष रावत, प्रेम पुरी, गायक प्रताप दासलगायतले चलचित्रबारे अनुभव र भनाइ राखेका थिए ।

स्व. छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, पुष्कर कार्की, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, अनुभव रेग्मी, जीवन भट्टराई, मनिष रावतलगायत कलाकारको अभिनय छ ।

निर्देशक गुरुङको चलचित्र प्रदर्शनअघि नै निधन भइरहेको छ । गुरुङ चलचित्र लेखकसमेत थिए । उनले लेखेका चलचित्र नोभेम्बर रेन, क्लासिक छन् भने डमरुको डण्डीबियो निर्देशन गरेका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles