Tuesday, June 6, 2023

दुनाटपरी गाँस्न सिक्दै विद्यार्थी

ताजा / भरखरै प्राप्त

भाद्र २७, हेटौंडा–९ मा रहेको श्रीकृष्ण आदर्श सेकेण्डरी बोर्डिङ स्कुलले पठन सिपसँगै व्यवहारिक शिक्षालाई पनि जोड दिन थालेको छ ।

विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने उद्धेश्यले विद्यालयले वार्षिक कार्ययोजना तयार पारेर विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन केसी जानकारी दिए । वार्षिक कार्ययोजनाअनुसार विद्यार्थीलाई व्यवहारिक ज्ञान तथा सिप सिकाउने उद्धेश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ केसीले भने–प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन हुनेगर्छ । जसअनुरुप भदौ महिनाका दुई हप्ता कक्षा–५ देखि ९ सम्मका विद्यार्थीलाई दुनाटपरी गाँस्न सिकायौं । प्लास्टिकमुक्त बनाउने अभियानसहित बनजंगलमा पातलाई सदुपयोगका निम्ति विद्यार्थीलाई दुनाटपरी गाँस्न सिकाएका हौं ।

विद्यार्थीले बनाएका दुनाटपरी विद्यालयको क्यान्टिनमा प्रयोग हुने गर्दछ । हरेक आइतबार र बुधबार क्यान्टिनमा मम बनाइन्छ । विद्यालयका प्राइमरी लेभल इञ्चार्ज उमा मिश्र तथा शिक्षक सुनिता कार्की र कल्पना खतिवडाले विद्यार्थीलाई दुनाटपरी गाँस्न सिकाएका थिए ।

कक्षा–५ देखि ९ सम्म करिब ३ सय विद्यार्थीले दुनाटपरी गाँस्न सिकेका थिए । अतिरिक्त क्रियाकलापअन्तर्गत् शुक्रबार विद्यार्थीलाई सियोमा धागो हालेर टाँक लगाउन सिकाउनुका साथै बत्ती काट्न सिकाउने कार्यक्रम तय भएको उनले बताए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles