Tuesday, June 6, 2023

घाँसीकुवा संरक्षण गर्न वृक्षरोपण

ताजा / भरखरै प्राप्त

भाद्र २७, हेटौंडा–२ मा रहेको घाँसीकुवा संरक्षणका लागि सरसफाइ तथा वृक्षरोपण गरिएको छ । कुवावरिपरिको झाडी सरसफाइ तथा कुवा संरक्षण गर्न वृक्षरोपण गरिएको हो ।

घाँसीकुवा संरक्षण समितिको आयोजनामा भएको वृक्षरोपणमा लप्सी, अमला, बेल, निम, फलफुल तथा फूलका बिरुवा रोपण गरिएको थियो । बन कार्यालय मकवानपुरले विभिन्न जातका बिरुवा उपलब्ध गराएको थियो ।

पछिल्लो समय पानीका स्रोतहरु मासिँदै जाँदा भविष्यमा पानी अभाव हुने भन्दै सरोकारवालाले पानीको कुवा, इनार तथा पानीका स्रोतहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीयका अनुसार २०११ सालदेखि पिउन हेटौंडाको बुद्धचोकसम्मका स्थानीयले सोही कुवाको पानी पिउने गरेका थिए । पिउने पानीको धारा व्यवस्था नहुँदा उक्त कुवाको पानी पिउने तथा लुगाधुने र नुहाउन प्रयोग गर्ने गरिएको स्थानीयले बताए ।

वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि बनस्खण्डी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष भवसागर श्रेष्ठले बनस्खण्डी सामुदायिक बन क्षेत्रको ऐतिहासिक घाँसीकुवा क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए । उनले कुवावरिपरि गरिएको वृक्षरोपणले भूसंरक्षण तथा बन व्यवस्थापनको काम भएको उल्लेख गरे । उनले बन समूहले कुवा संरक्षणका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा वडा सदस्य इन्द्रप्रसाद रिजालले पुराना दिन स्मरण गर्दै गोठालो जाँदा र आमा जंगल जाँदा घाँसीकुवाको पानी पिउने गरेको बताए । कुवाको महत्वबारे नयाँ पिढीलाई जानकारी दिँदै यसको संरक्षणमा उनीहरुको पनि सहभागिता गराउनुपर्नेमा उनले जोड दिए । उनले नमूना पार्कका रुपमा यसको विकास गर्दै कुवा संरक्षण गर्नपर्ने बताए । स्थानीय लक्ष्मीप्रसाद लामिछानेले घाँसीकुवा हेटौंडाको इतिहाससँगै जोडिएको बताए । उनले विगतमा बुद्धचोकदेखिका स्थानीय उक्त कुवामा पिउने पानी लिन आउने गरेको बताए ।

वृक्षरोपण कार्यक्रममा स्थानीय गोपाल राज भट्टराई, नकुल थापामगर, सन्तोष रानामगर, ललन साह, संगीता कार्की, अर्जुन स्यांतान, नवराज श्रेष्ठलगायतको सक्रिय सहभागिता थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles