Friday, June 2, 2023

सिंहको गर्जन अब प्रतिनिधिसभातिर

ताजा / भरखरै प्राप्त

भाद्र २१, गते, हेटौंडा–राप्रपा मकवानपुरले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी केन्द्रीय सदस्य दीपकबहादुर सिंहलाई मकवानपुर क्षेत्र–१ को उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

राप्रपा मकवानपुरको जिल्ला कमिटी बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । पार्टीले सिंहलाई एकल सिफारिस गरेपछि सिंहको गर्जन अब प्रतिनिधिसभा निर्वाचनमा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेशसभा निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको मकवानपुरमा चुनावी रौनक सुरु भइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणासँगै जिल्लामा उम्मेद्वार चयनका लागि प्रमुख दलका नेताले गृहकार्य सुरु गरेका छन् ।

सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । यसअनुरुप अन्य राजनीतिक दलसँगै राप्रपा मकवानपुरले पनि प्रतिनिधिसभा सांसद्का लागि उम्मेद्वार सिफारिस गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिफारिस सिंहको चर्चा छुट्टै छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगर मेयरका उम्मेद्वार सिंह थोरै मतान्तरले पराजित हुनुपरेको थियो । राप्रपा विभाजन भएको बेला पनि उनको पक्षमा यत्तिका मत आउनु सिंहप्रति मकवानपुरेको विश्वास र आस्था छ भन्ने कुरा प्रष्ट पारेको उदाहरण प्रष्ट्याउने बलियो आधार तयार पारेको थियो ।

हेटौंडा उपमहानगरपालिकाको निर्वाचनमा राप्रपाले जित हात पार्न त सकेन तर पनि ठूला दल भनिएका नेकपा एमाले र पाँच दललाई प्रतिस्पर्धा अवधिभर नै ढुकढुकी बढादिएका थिए सिंहले । २०४६ को बहुदलअघि राप्रपा, मकवानपुरको पहिलो पार्टीका रुपमा थियो । बहुदल स्थापनापछि कम्युनिष्टको प्रभाव बढ्दै जाँदा राप्रपा कमजोर बन्दै गयो । त्यसयता मकवानपुरमा राप्रपाले आफ्नो उपस्थिति खासै राम्रो देखाउन सकेको थिएन । तर, पार्टी छाडेर कमल थापा राप्रपा नेपाल अध्यक्ष बनेपछि समग्र मकवानपुरको अवस्थामा राप्रपा तितरबितर नै भएको थियो ।

जब स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी दर्ताको दिन आयो, सिंह मनोनयन दर्ता गर्ने दोस्रो दिन बैशाख १२ गते प्लेनबाट सिमरा उर्लिएका उनी ४ बजे हेटौंडा आइपुगेर उम्मेद्वारी दिन पुगेका थिए । तब सिंहले राप्रपाबाट हेटौंडा मेयरका लागि आफ्नो नाम दर्ता गराएपछि एक प्रकारको माहोल तातियो ।

राप्रपामा रहेकाका लागि त उत्साह थियो नै, त्यमाथि पनि अन्य पार्टी र पार्टीमै नलागेका सबैले सिंहलाई जिताउन कसैले देखिने गरी कसैले नदेखिने गरी साथ दिए भने कतिले भित्रीरुपमा पनि सहयोग गरे । हेटौंडाबासीका लागि एउटा केन्द्रविन्दु बनेर आएका सिंहले भरपुर साथ पाए । मतगणनाको समयमा पटकपटक अगाडि आइसकेका उनले अन्तमा थोरै मतान्तरले पराजित हुनप¥यो ।

उनले एमाले र गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै धेरै पटक पहिलो स्थानको मत पाए । राप्रपा नेपालको समर्थनमा उभिएको एमालेले २० हजार ९ सय ८ र पाँच दलीय गठबन्धनले २३ हजार ६७ मत पाउँदै विजयी हुँदा उनले एक्लै २० हजार ३१ मत प्राप्त गरे । ठूला दल गठबन्धन गरेर चुनावी अभियानमा होमिँदा पनि सानो दलबाट उम्मेद्वार बनेका सिंह एक्लैले पाएको मतले उनीप्रतिको विश्वास झल्कन्थ्यो । स्थानीय तह निर्वाचनको थकाइ मार्न नपाउँदै मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा परेपछि राजनीतिक दौरानमा व्यस्त छन् सिंह ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles