Friday, June 9, 2023

सानोपोखरा महिला समूह प्रथम

ताजा / भरखरै प्राप्त

भाद्र १६, हिन्दु महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा हेटांैडा एफएम तथा नेसनल गोल्ड टेलिभिजनको आयोजनामा खुला तीज महोत्सव सम्पन्न भएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको तीज गीत प्रतियोगितामा सानोपोखरा महिला समूह हेटौंडा–५ प्रथम भएर नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । कालीकामाई टोल विकास हेटौंडा–८ समूह द्वितीय भएर समूहले नगद १० हजारसहित प्रमाणपत्र प्राप्त गर्दा तृतीय स्थान हासिल गर्न सफल वीरेन्द्रनगर टोल विकास संस्थाले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ । १० टिम सहभागी प्रतियोगितामा सान्त्वना हुन सफल समूहसहित अन्य सहभागी समूहलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिएका थिए । इन्दे्रणी स्टार कल्पना दाहाल, संगीता पौडेल तथा लोकगायक नवीन पौडेलको प्रस्तुतिमा उपस्थित महिलाले नृत्य गर्दै साथ दिएका थिए । सहभागीमध्ये उत्कृष्ट नृत्य गर्ने कविता परियारलाई एक जोर चाँदीको पाउजुसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

हेटांैडा एफएमको आयोजनामा विगतका वर्षहरुमा हँुदै आएको प्रतियोगिताको निरन्तरतास्वरुप तीज गीत महोत्सव आयोजना गरिएको हेटौंडा एफएमका प्रवन्ध निर्देशक उज्ज्वल चौलागाईंले बताए । हेटांैडा एफएम तथा नेसनल गोल्ड टेलिभिजनका प्रवन्ध निर्देशक चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमख आतिथ्यता थियो । कार्यक्रममा पौडेलले तीजको महत्वलाई सबैले बुझ्नु आवश्यक रहेको बताए । तीजलाई धार्मिक पर्वका रुपमा मात्र नभएर नारीमुक्तिको सन्देशका रुपमा लिनुपर्ने पौडेलले बताए ।

पूर्ण शाक्य एण्ड सन्सको मुख्य प्रायोजनमा भएको कार्यक्रममा शिवम् सिमेन्ट र रिद्धिसिद्धी सिमेन्टले सहप्रायोजन गरेका थिए । मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ, उत्सव सप्लायर्स, किंग्सम्यान टेलर्स, सञ्जीवनी आयुर्वेदि क्लिनिक, गुराँस मेडिकल हल, अनमोल स्वीट्स् हेटौंडा, सिटी कर्नर, खतिवडा इम्पोरियम, एसएम सप्लायर्स, माइती नेपाल, नारी सिप सिर्जना केन्द्रले सहयोग गरेका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles