Tuesday, June 6, 2023

ऋषिपञ्चमीको पूजा गरी सकिँदै तीज

ताजा / भरखरै प्राप्त

भाद्र १६, नेपाली महिलाको महान् चाड हरितालिका तीज आज ऋषिपञ्चमीको पूजा गरी सकिँदैछ ।
हिन्दु संस्कारअनुसार महिलाका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ ।

पौराणिक कथनअनुसार नारी रजस्वला हुँदा जानेर वा नजानी गरिएका जति पनि पाप छन्, त्यसबाट मुक्ति पाउन ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ । संस्कृतिविद् हरिराम जोशीका अनुसार तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरि ऋषेश्वर महादेवको पूजा गर्ने चलन छ । यस दिन टिष्टुङ ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने उनले जानकारी दिए ।

ऋषिपञ्चमी व्रतमा महिलाले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाइ स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरुन्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी व्राह्मणलाई दानदक्षिणा दिने प्रचलन छ ।

ऋषिहरुको पूजा गर्दा विवाहित महिलाले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दुर, पोते पनि चढाउँछन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भइ यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास छ । ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरे तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles