Tuesday, June 6, 2023

हेटौंडामा कृषिऔजार कारखाना

ताजा / भरखरै प्राप्त

भाद्र ०९, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि र पशुपक्षी क्षेत्रको विकासका लागि अध्यादेशबाट भए पनि कानुन चाँडै ल्याउने बताएका छन् ।

खाद्यअधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन कार्यान्वयन सम्बन्धमा प्रदेशका नीति निर्मातासँग अन्तरसंवाद कार्यक्रमको बुधबार हेटौंडामा उद्घाटनपछि उनले प्रदेश सरकारले चाँडै रासायनिक मल उद्योग खोल्ने बताए ।

‘कृषिऔजार कारखाना हेटौंडामा खोल्ने तयारी भइरहेको छ,’ उनले भने–प्रदेशलाई प्याज र लसुनमा आत्मनिर्भर बनाउने योजना पनि छ । प्रदेश सरकारले किसानलाई प्याज र लसुनमा प्रतिकिलो एक रुपियाँ अनुदान दिने र आवश्यक परे बढाउँदै जाने उनले बताए ।

प्रदेश विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिसकिएको भन्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले १० हजार युवालाई क्लोज क्याम्पमा राखेर दक्ष जनशक्ति उत्पादन गर्ने बताए ।

अघिल्लो एमाले सरकारको पालामा कृषि क्षेत्रमा चरम भ्रष्टाचार भएको भन्दै उनले असन्तुष्टि जनाए । ‘अघिल्लो सरकारको पालामा ३० लाख बजेट विनियोजन गर्दा रहेछन्,’ उनले भने–१० लाख मन्त्रीको टेबलमा, १० लाख व्यवस्थापन (बिचौलिया) लाई र मात्र १० लाख किसानलाई दिने गरिएको रहेछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्माखनालले कृषि तथा पशुपक्षी क्षेत्रको विकासका लागि व्यवहारिक कानुन तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रम फियान नेपालको आयोजना तथा प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँगको समन्वयमा भएको हो ।

फियान नेपाल अध्यक्ष गोकर्ण रुपाखेतीले कार्यक्रमको उद्धेश्यसहित फियानको स्रव्यदृष्य (डकुमेन्ट्री) प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रदेशका लागि खाद्यअधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐनको मस्यौदा मुख्यमन्त्री पाण्डे र कृषि तथा पशुपक्षी विकास मन्त्री बसुन्धरा हुमागाईंलाई फियान नेपालले हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा फियान नेपाल कार्यकारी निर्देशक अशोकबहादुर सिंहले खाद्यसुरक्षा, खाद्यअधिकार र खाद्य सम्प्रभुता सम्बन्धि अवधारणागत् जानकारी, अधिवक्ता तिलक अधिकारीले खाद्यअधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन, २०७५ र कार्यान्वयनमा प्रदेश सरकारको भूमिका र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ कृषिप्रसार अधिकृत झलकनाथ कँडेलले प्रदेशमा खाद्यसुरक्षाको अवस्था, प्रदेश सरकारले अवलम्बन गरेका नीति, कार्यक्रम र कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कृषि तथा पशुपक्षी विकास मन्त्री हुमागार्इंको सभाध्यक्षतामा भएको कार्यक्रममा फियान नेपाल प्रदेश संयोजक लक्ष्मी गुरुङले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा वागमती प्रदेश सांसद्हरु नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, नेकपा (एकीकृत समाजवादी) की मनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, वागमती प्रदेश नीति तथा योजना आयोग सदस्य प्रह्लाद लामिछाने, राष्ट्रिय कृषक समूह महासंघ मकवानपुर अध्यक्ष महानन्द सापकोटा, जिल्ला खाद्यअधिकार सञ्जाल मकवानपुर सदस्य उर्मिला पुलामीमगरले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले कृषि र पशुपक्षीको क्षेत्रमा बजेट बढाउनुपर्ने, प्रदेश सरकारले सबै जिल्लामा कृषि विकास कार्यालय स्थापना र सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । प्रत्येक घरपरिवारले अनिवार्य तरकारीको बिरुवा रोप्ने वा खेती गर्ने अभियान सञ्चालन गर्नुपर्ने भन्दै खाद्यअधिकार सुरक्षित गर्न ‘खाना नफालौं’ अभियान पनि सञ्चालन गर्नुपर्ने बताएका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles