Tuesday, June 6, 2023

वार्षिकोत्सवको दोस्रो दिन वृक्षरोपण

ताजा / भरखरै प्राप्त

भाद्र ०९, मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार कार्य सुरु गरेको ११ औं वर्ष प्रवेशको सन्दर्भमा आयोजना गरेको साताव्यापी कार्यक्रमको दोस्रो दिन वृक्षरोपण सम्पन्न गरेको छ ।

मानवसेवा आश्रमको मुख्य कार्यालयअगाडिको कुखरेनी सामुदायिक बनमा हेटौंडा उपमहानगरपालिका वडा–९ अध्यक्ष सुकराम केसीको सभाध्यक्षता र वागमती प्रदेश बन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालको प्रमुख आतिथ्यतामा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सफल बनाउन आवश्यक बिरुवा र प्राविधिक सहयोग डिभिजन बन कार्यालय राप्ती, मनहरीबाट प्रदान भएको मानवसेवा आश्रम अध्यक्ष रामजी अधिकारीले जानकारी गराए । कार्यक्रममा प्रदेश सचिव दाहालले मानवसेवा आश्रमले गरिरहेको कामको प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मानवसेवा आश्रमको सेवालाई स्थापनाको समयदेखि नै निरन्तर साथ, सहयोग र अभिभावकत्व प्रदान गरेका धापटोलबासी, हेटौंडा उपमहानगरबासी एवम् अन्य महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles