Friday, June 9, 2023

‘मानवताका लागि संगीत’
आश्रमको वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

ताजा / भरखरै प्राप्त

भाद्र ७, हेटौंडा–हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रमले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । आश्रममा पत्रकार सम्मेलन गर्दै संस्था अध्यक्ष रामजी अधिकारीले ११ औं वर्षमा प्रवेश गर्दै गर्दा सप्ताहव्यापी कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागिएको बताए ।

उनले सप्ताहव्यापी कार्याक्रमअनुसार ७ गते हेटौंडाको बुद्धचोकमा विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । ८ गते आश्रमपरिसरमा वृक्षरोपण, ९ गते आश्रम रहेको धापटोलमा सरसफाइ तथा तीजविशेष कार्यक्रम, १० गते सडकआश्रित मानवको उद्धार कार्यक्रम, ११ गते मुठ्ठीदान संकलन, १२ गते दीप प्रज्ज्वलन र भजनसन्ध्या तथा स्थापना दिवसको दिन वार्षिकोत्सव कार्यक्रम रहेको अधिकारीले बताए ।

तीनै तहका सरकारको सहयोगले देशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने महाअभियाननजिक पुग्दै गरेको अधिकारीले बताए । उनले आश्रमको मानवता प्रवद्र्धन महाअभियानअन्तर्गत् २०८० सम्म देशभर आश्रम भवन निर्माण कार्य सम्पन्न गर्ने, २०८१ मा सडक मानवबारे अन्तत्र्रिmया गर्दै सडकमानवहरुलाई व्यवस्थापन गर्दै २०८२ मा देशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने गरी कामहरु तीव्रगतिमा अघि बढेको बताए ।

आश्रमले बिभिन्न जिल्लामा निर्माणाधीन शाखा भवनका लागि अक्षयकोष स्थापना गर्न देशका प्रमुख शहरहरुमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङलाई लिएर ‘मानवताका लागि संगीत’ कार्यक्रम गर्ने कार्यक्रमअन्तर्गत् हेटौंडामा पनि कन्सर्ट गर्न लागेको छ । आश्रम अध्यक्ष अधिकारीले हेटौंडाको भुटनदेवी चौरमा मंसिर २२ गते नेपथ्य लाइभ कन्सर्ट हुन लागेको जानकारी दिए ।

उनका अनुसार मंसिर १६ गतेबाट पुस १६ गतेसम्म देशका १० प्रमुख शहरमा कार्यक्रमको तयारी सुरु भएको छ । मंसिर १६ गते शुक्रबार बिराटनगर, १९ गते बीरगञ्ज, २२ गते हेटौंडा, २५ गते नारायणगढ र मंसिर २९ गते नेपालगञ्जमा कार्यक्रम तय गरिएको छ । पुस ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटबल, १२ गते पोखरा र पुस १६ गते काठमाडौंमा कार्यक्रम तय भएको अधिकारीको भनाइ छ ।

१३ भदौ, २०६९ मा हेटौंडाको अब्बलडाँडाबाट सुरु भएको आश्रम हाल आफ्नै भवनमा हेटौंडा–९ स्थित मुख्य कार्यालयसहित देशका १९ जिल्लामा रहेका २३ शाखामा १ हजार ६ सय बढी आश्रित छन् ।

अघिल्लो सामग्रीमहेन्द्रकिरण मावि बन्द
यसपछिको सामग्री२०७९ भाद्र ८ गते बुधबार ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles