Friday, June 2, 2023

महेन्द्रकिरण मावि बन्द

ताजा / भरखरै प्राप्त

भाद्र ७, हेटौंडा–मनहरी गाउँपालिका–८, सिमपानीमा रहेको महेन्द्रकिरण माध्यमिक विद्यालय बन्द भएको छ ।

अभिभावकले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक पक्षमा देखिएका कमजोरी सुधार गर्न नसकेको भन्दै प्रधानाध्यापक राधेलाल मण्डल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमलाल उप्रेतीको राजीनामा माग गरेर विद्यालयमा तालाबन्दी गरेका हुन् ।

अभिभावकको मागका सम्बन्धमा उचित निर्णयका लागि सोमबार ११ बजेसम्म प्रधानाध्यापक मण्डलले गाउँपालिकासँग समय माग गरे पनि हालसम्म कुनै निर्णय र निकास आएको छैन । विद्यालयको पठनपाठन ठप्प भएको छ ।

विद्यालयमा हालै सार्वजनिक एसईई नतिजामा १ जनामात्र पास भएको र प्रधानाध्यापक मण्डलले पढाउने विषयमा समेत एक जनामात्र विद्यार्थी पास भएकोमा अभिभावकको असन्तुष्टि छ ।

शैक्षिक सत्र २०७८ मा १ जना विद्यार्थीमात्र विषय नलागी पास भएको र अन्य विद्यार्थी सबै विषय लागेको भन्दै स्थानीय अभिभावकले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका विद्यालय बन्द गरिएको जानकारी गराएका छन् । जारी विज्ञप्तिमा विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले राजीनामा नदिएसम्म विद्यालय बन्द गरिने उल्लेख छ । विद्यालय व्यवस्थापन समितिले विद्यालयको समस्याका विषयमा चासो नदेखाएको आरोप लगेको छ । पश्चिम मकवानपुरकै जेठो विद्यालयमा शिक्षाको गुणस्तरमा कमी देखिएको हो । विद्यालय व्यवस्थापन समितिले विद्यालय प्रशासनलाई नियमन गर्न नसक्दा विद्यालयको पठनपाठन फितलो भएको हो ।

अभिभावकले विद्यालय बिग्रनुमा प्रधानाध्यापक मण्डल बढी जिम्मेवार रहेको भन्दै पालिका अध्यक्ष रञ्जन कालाखेती, वडाध्यक्ष नारायण उप्रेती र विद्यालय व्यवस्थापन समिति अध्यक्ष उप्रेतीसँग छलफल गरेका थिए । तर, छलफलका क्रममा मण्डलले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रगतिबारे राम्ररी बताउन सकेका थिएनन् ।

पालिका अध्यक्ष, वडाध्यक्षलगायतले राजीनामा दिएर प्रधानाध्यापक पदबाट हटेर अभिभावक र विद्यार्थीहरुको भावना बुझिदिन मण्डललाई आग्रह गर्दा उनले अटेर गरिरहेका छन् ।

अभिभावकले विद्यार्थी, शिक्षक विद्यालय समयमा पनि बाहिर भेटिने गरेको, विद्यालयमा पोशाकमै जंगलछेऊतर्फ विद्यार्थी खेल्न र घुम्न जाने गरेको, विद्यालयका शिक्षक र कार्यालय सहयोगीले समेत प्रधानाध्यापकलाई नटेर्नेलगायत आरोप लगाएका छन् ।

विद्यालय व्यवस्थापन समितिले बैठकका निर्णय कार्यान्वयन नगर्ने, समितिले दिएका जिम्मेवारी पूरा गर्ने नगरेकाले विद्यालयमा काम गर्न गाह्रो भएको निष्कर्ष निकालेको बताइएको छ ।

मण्डललाई पालिकामा हाजिर हुन अध्यक्ष कालाखेतीले गरेको आग्रह समेत नमानेर अटेर गरी बसिरहेपछि अभिभावकहरु झन् आक्रामक र उत्तेजित हुँदै गएका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles