भाद्र ५, मानवसेवा आश्रमको मानवीय सेवा एक दशक पूरा भइ भदौ १३ गते ११ औं वर्षमा प्रवेश गर्दैछ । २०६९ जेठ २१ गतेदेखि २७ गतेसम्म हेटौंडामा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमले मानवताको सेवाका लागि मानवसेवा आश्रमको परिकल्पना भएको हो । अनि, भदौ १३ गते औपचारिकरुपमा मानवसेवा आश्रम उद्घाटन भएर सेवा शुरु भएको थियो ।
सप्ताहव्यापी कार्यक्रमपछि हालसम्म आइपुग्दा सातै प्रदेशका १९ जिल्लामा आश्रमले शाखा विस्तार गरी ७७ वटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, औषधोपचार, लालनपालन, पारिवारिक पुनर्मिलन र मानवता प्रवद्र्धनका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै सम्पूर्ण परोपकारी एवम् मानवताप्रेमी मनहरुको हृदयमा बस्न सक्नु र नेपाल सरकारलाई सहयोगापेक्षी सडकआश्रित मानवको विषयमा आत्मबोध गराइ तीनै तहको सरकारको नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडकआश्रित मानव संरक्षणका लागि सरकारलाई दायित्वबोध गराउन सक्नु गौरवको विषय रहेको बताइएको छ ।
२०६९ सालमा देखेको सपनासँगै देशविदेशमा रहेका परोपकारी मन र संघसंस्थाहरुको साथ, प्रेरणा, योगदान र सेवामा समर्पित अभियन्ताहरु, साधकसाधिका, कर्मचारी र अभिभावकको दृढतापूर्वक सेवाकार्यमा समर्पणभावले २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा एवम् कार्यान्वयनका लागि नजिक पुग्दै गरेको आभास भइरहेको आश्रमले जनाएको छ ।
१० गते सडकआश्रित मानवको वृहत् उद्धार कार्यक्रम विहान ७ बजेदेखि दिनभर, ११ गते मुठ्ठीदान कार्यक्रम विहान ८ बजेदेखि ११ बजेसम्म र कुशे औंशी विशेष ४ बजेदेखि ६ बजेसम्म, १२ गते दीप प्रज्ज्वलन कार्यक्रम र भजन सन्ध्या बेलुका ४ बजेदेखि ७ बजेसम्म, १३ गते मानवसेवा आश्रमको एक दशक (वार्षिकोत्सव) कार्यक्रम दिउँसो २ बजेदेखि ५ बजेसम्म गरिने जनाइएको छ । सम्पूर्ण कार्यक्रम मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडा–९ को आफ्नै प्रांगणमा हुनेछन् ।
मानवसेवा आश्रमले सेवा सुरु गरेको एघारौं वर्ष प्रवेशको सुखद् अवसरलाई अविस्मरणीय बनाइने भएको छ । मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को दशौं वार्षिकोत्सव (स्थापना दिवस) सप्ताहव्यापी कार्यक्रम गरी मनाइने भएको छ ।
भदौ ७ गते रक्तदान कार्यक्रम विहान ८ बजेदेखि २ बजेसम्म, ८ गते वृक्षरोपण कार्यक्रम विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म, ९ गते मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको धापटोल सरसफाई कार्यक्रम विहान ७ बजेदेखि ९ बजेसम्म र तीजविशेष कार्यक्रम दिउँसो ३ बजेदेखि ६ बजेसम्म गरिने भएको हो ।