Friday, June 2, 2023

२६३ विद्यालयमा कार्यविधि मिचेर प्रयोगशाला

ताजा / भरखरै प्राप्त

साउन ३०, हेटौंडा–वागमती प्रदेशका २ सय ६३ विद्यालयमा शैक्षिक सूचनाप्रविधि प्रयोगशाला र विज्ञान विषयगत् प्रयोगशाला निर्माणमा कार्यविधि मिचेर काम गरिएको पाइएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत् शिक्षा विकास निर्देशनालय हेटौंडाले प्रदेशका विद्यालयहरुलाई अनुदान दिएर निर्माण गरेका प्रयोगशालामा मन्त्रालयले तयार गरेको कार्यविधि मिचिएको पाइएको हो ।

प्रयोगशाला निर्माण गर्दा विद्यालयहरुले बोलपत्र आह्वान गर्दा पनि प्रतिस्पर्धा सीमित हुने गरी काम गरिएको र मन्त्रालयको कार्यविधि पालना नगरेको पाइएको छ । शिक्षा विकास निर्देशनालय हेटौंडाले शैक्षिक सूचनाप्रविधि प्रयोगशाला निर्माणका लागि २ सय ३ विद्यालयलाई १५ लाखका दरले उपलब्ध गराउने गरी रकम छुट्याएको निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले बताए । विद्यालयहरुले टेण्डर गरेर प्रयोगशाला तयार पार्दा केही रकम घट्न आएको उनले बताए ।

६० विद्यालयलाई १२ लाखका दरले विज्ञान प्रयोगशाला निर्माण गर्ने गरी रकम छुट्याइएको थियो । यसमा विज्ञान सामान विद्यालयले खरिद गरेर निर्देशनालयमा बिल पठाएर रकम भुक्तानी लिएको उनले जानकारी दिए । दुवै प्रयोगशाला निर्माण गर्दा विद्यालयले प्रतिस्पर्धा सीमित हुने गरी प्रयोगशाला निर्माण गरेका छन् ।

वर्षैपिच्छे निर्देशनालयले शैक्षिक सूचनाप्रविधि प्रयोगशाला र विज्ञान प्रयोगशाला निर्माणका लागि करोडौं खर्च गर्ने गरेको छ । तर, धेरै विद्यालयले प्रयोगशाला पूर्णरुपमा प्रयोगमा ल्याउन सकेका छैनन् ।

२ सय ६३ वटै विद्यालयमा निर्देशनालयले एकमुष्ठरुपमा ठेक्का लगाएर प्रयोगशाला निर्माण गर्दा धेरैले प्रतिस्पर्धा गर्नसक्ने भए पनि विद्यालयहरुले छुट्टै प्रयोगशाला निर्माण गर्दा एकरुपता आउन नसकेको र कार्यविधिबेगर काम भएको पाइएको छ ।
‘सोर्सफोर्स’ का विद्यालयलाई २ करोड

शिक्षा विकास निर्देशनालय हेटौंडाले प्रदेशमा विपद्मा परेका १४ विद्यालयलाई बिभिन्न काममा सहयोग गरेको छ । गत आर्थिक वर्षमा विपद्मा परेर पढाइमा समेत बाधा पुगेका विद्यालय भन्दा पनि ‘सोर्सफोर्स’ का विद्यालयमा मात्र उक्त रकम वितरण गरिएको आरोप लागेको छ ।

विपद्मा परेर समस्या बेहोरेका विद्यालयलाई प्राथमिकता दिनुपर्नेमा राजनीतिक पहुँचका आधारमा १ करोड ९६ लाख ६२ हजार बितरण भएको हो । विपद्मा कठिनाइ भोग्नुपरेका विद्यालयलाई क्षतिका आधारमा विद्यालयलाई रकम उपलब्ध गराइएको निर्देशनालयका निमित्त निर्देशक दर्जीले दाबी गरे ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles