Tuesday, June 6, 2023

११२ बोरा चामल बिक्रीमा रोक

ताजा / भरखरै प्राप्त

साउन २७, हेटौंडा–जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयोजनमा बुधबार हेटौंडाका बिभिन्न स्थानमा अनुगमन गर्दा बिभिन्न पेशा व्यवसायीलाई जरिवानासहित बिक्रीवितरणमा रोक लगाएको छ ।

जिल्लामा रहेका विषयगत् कार्यालय हेटौंडा उपमहानगर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघको सहभागितामा ५ अनुगमन टोलीले हेटौंडाका बिभिन्न फास्टफुड, अस्पताल तथा स्वास्थ्य संस्था, मोबाइल पसल, सुपरमार्केट, डेरी तथा मासु पसल, हार्डवेयर, फेन्सी, भेटेरिनरी पसल, चल्ला तथा दाना पसल अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

अनुगमनका क्रममा त्रुटिहरु भेटिएकाले अनुगमन टोलीले आँगन स्वीट्स एवम् फास्टफुडलाई २० हजार, राजधानी स्वीट्सलाई २० हजार, अल्फा डेन्टललाई ५ हजार, ईटीसी जनरल सप्लायर्सलाई १५ हजार, न्यू युएण्डआई सुसेन्टरलाई १० हजार तत्काल जरिवाना गरिएको सहायक प्रजिअ गैह्रेले बताए । शिवशक्ति सप्लायर्स हेटांैडाको १ सय १२ बोरा चामल अर्को आदेश नभएसम्मका लागि बिक्रीवितरणमा रोक लगाइएको उनले जनाएका छन् ।

उनले अनुमतिबिना सञ्चालन गरिएको १ पोलिक्लिनिक, एक भेटेरिनरी औषधि पसल र डेन्टल एक गरी ३ संस्थालाई बन्द गरिएको बताए । अनुगमन टोलीले अनुगमनका क्रममा संस्था तथा व्यवसायीलाई सचेत गराउनुका साथै निर्देशन दिएको थियो । दुई अस्पतालले अनुमति भन्दा बढी क्षमताको बेड सञ्चालन गरेको पाइएकाले स्वीकृत भन्दा बढी क्षमताको अनुमति लिन निर्देशन दिइएको गैह्रेले बताए ।

होटल व्यवसायमा सरसफाइ नभएको, अखाद्य तेल तथा अन्य बस्तु प्रयोग, अस्वस्थ्य खानेपानी प्रयोग जस्ता समस्या रहेकाले तत्काल सुधार गर्न सचेत गराइनुका साथै दर्ता तथा अनुमति नलिएका व्यवसायलाई १ हप्ताभित्र दर्ता तथा अनुमति प्रक्रिया पूरा गर्न निर्देशन दिइएको सहायक प्रजिअ गैह्रेले बताए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles