Tuesday, June 6, 2023

हस्तकला सामग्री बनाएर बित्छ राईको दैनिकी

ताजा / भरखरै प्राप्त

साउन २५ , हेटौंडा–हेटौंडा–५, सानोपोखराकी विष्णुकुमारी राईको दैनिकी हस्तकलाका सामग्री बनाएर बित्ने गरेको छ ।

सामान्य लेखपढ गर्न जान्ने राई ८ वर्षदेखि हस्तकलाका सामग्री बनाएर आफ्नो जिल्लामा पहिचान बनाउन सफल भएकी छन् । अस्मिता नेपाल नामक गैरसरकारी संस्थाले आयोजना गरेको हस्तकला सामग्री बनाउने तालिममा सहभागी भएर सीप सिकेकी उनले काठमा विभिन्न बुट्टा भर्दै हस्तकलाको सामग्री बिक्री वितरण गरिरहेकी छन् ।

उनले निर्माण गरेको हस्तकलाका सामग्री काठमाडौं र हेटौंडामा बिक्री हुने गरेको छ । उनले आफ्नै पौरखबाट तयार पारेका हस्तकला सामग्री २ सय रुपियाँदेखि ४० हजार रुपियाँसम्म बिक्री हुने गरेको छ । मासिक कमाइ २५ हजारदेखि ५० हजारसम्म हुने गरेको उनले बताइन् ।

‘मेरा पति पनि काठकै काम गर्नुहुन्छ । जसले गर्दा मलाई सजिलो भयो । म पहिल्यैबाट काठमा रंग लगाउने काम गर्थें । तीन महिने बेसिक र ६ महिने एड्भान्स तालिमपश्चात् हस्तकला सामग्री बनाउनसक्ने भएँ,’ उनले भनिन् ।

सुरुमा तीनमहिने तालिम लिएर औपचारिकरुपमा यस पेश अँगाले पनि फिनिसिङमा समस्या भएपछि एडभान्स तालिम लिएको बताइन् । हेटौंडा–५, पिप्लेस्थित पिप्लेपोखरा सामुदायिक बनको भवनमा उनी दिनभर काठमा बुट्टा कँुद्ने काम गर्छिन् । विभिन्न तालिममा सहभागी हुँदा, सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त सामग्रीबाट उनले सबै काम गर्दै आएकी छन् ।

‘पछिल्लो समय हस्तकला सामग्रीको माग बढिरहेको छ । काठमाडौंबाट धेरै अर्डर भइरहेको छ । पु¥याउनै सकिएको छैन,’ राईले हस्तकला सामग्री बनाउन काम गर्ने जनशक्ति अभाव रहेको बताइन् । ‘दक्ष जनशक्ति नै छैनन् । मैले पनि प्रशिक्षक भएर धेरै तालिम दिएँ । तर, कामै गरौं भन्ने मान्छे पाइनँ,’ उनले भनिन् । केही मान्छे सिक्नै भनेर आए पनि लामो समय नटिक्ने उनको अनुभव छ ।

‘हस्तकला सामग्रीको माग अधिक छ । अर्डरअनुसार उपलब्ध गराउन सकिएको छैन,’ उनले देशभर हुने विभिन्न मेलामा समेत सहभागी हुँदा नयाँनयाँ उत्पादन गर्नु आवश्यक रहेको बताइन् । ‘सामग्री बेच्नेमात्र होइन, उत्पादनमा नयाँपन दिनु पनि जरुरी छ । त्यसकारण यस पेशा असाध्यै चुनौतीपूर्ण छ,’ उनले भनिन् ।

यस पेशाबाट भएको आम्दानीले घरमा सहयोग पुगेको छ । ‘पतिको मात्र कमाइले घर चलाउन गाह्रो हुन्थ्यो । हाल आफ्नो पनि आम्दानी भएपछि सहज भएको छ,’ उनका दुई छोरामध्ये एक नेपाल आर्मीमा जागिरे छन् । एक छोरा प्राविधिक पढ्दैछ । ‘परिवारमा सबैको कमाइ भएपछि हामी घर बनाउन सफल भएका छौं,’ उनले विगत सम्झिँदै भनिन् । राईले भविष्यमा प्रशिक्षकका रुपमा हस्तकलाको क्षेत्रमा आफ्नो अनुभव बाँड्ने र दक्ष जनशक्ति उत्पादन गर्ने आफ्नो उद्धेश्य रहेको बताइन् । ‘राम्रो बुट्टा भरेको सामग्री उत्पादन गर्नसके विदेशमा समेत माग छ । त्यसकारण मैले सरकारी संस्थामा धाएर तालिम व्यवस्था गर्न भनिरहेकी छु’, उनले भनिन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles