Tuesday, June 6, 2023

बेसहाराको सहारा बन्दै मानवसेवा
७ हजार भन्दा बढीको उद्धार

ताजा / भरखरै प्राप्त

साउन २४, हेटौंडा–मानवसेवा आश्रम सडक मानवमुक्त अभियानमा लागिपरेको छ । उक्त संस्था नेपालमा भोकै, नांगै तथा बेसहारा भएर सडक पेटी र सार्वजनिकस्थलमा कष्टकर जीवनयापनको अन्त्य गर्न प्रतिवद्ध रहेको संस्था हो । मानवसेवा आश्रम स्थापनाको १० वर्ष पुग्नै लागेको छ । भदौ महिनाको दोस्रो साताबाट आश्रम स्थापनाको दशौं वर्ष पार गर्नेछ ।

यस अवधिमा भोकाको भोजन, नांगाको कपडा र बेसहाराको सहारा बनिरहेको छ मानसेवा आश्रम । चिसो सहरका गल्लीमा न्यानोपन खोज्दै थोत्रामैला थाङ्ना ओढेर सुत्ने सडकमानव हुन् वा गर्मीयामको तातो घाममा तातिएको सडकमा रित्तो गोडा माग्दै हिँड्ने नै किन नहुन्, उनीहरुको नयाँ जीवन दिने एउटा घर बनेको छ मानवसेवा आश्रम । एउटा संस्थाको अभियानका कारण हाल नेपालका मुख्य व्यस्त शहरहरुमा यत्रतत्र सडकमानव देखिन छाडेका छन् । दिमाग बिग्रिएर हिँडेका सडकमानवको समेत उद्धार गरी उपचार गरिने भएपछि सडकमा डराउनुपर्ने अवस्था हटेको छ ।

नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्धेश्यसाथ स्थापना भएको आश्रमले स्थापनाकालदेखि हालसम्मको अवधिमा ७ हजार २ सय १७ जनालाई उद्धार गरेका मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडाका अभियन्ता होमनाथ पौडेलले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकामध्ये महिला २ हजार ६ सय ७५ छन् ।

उद्धार गरिएका सडकमानवमध्ये उक्त अवधिमा २ हजार ७ सय ६० जनालाई परिवारसँग पुनर्मिलन गराइएको आश्रमले जनाएको छ । जसमध्ये महिला १ हजार १ सय ९१ छन् । हाल आश्रमका सातै प्रदेशका १९ जिल्लामा २३ सेवाकेन्द्रमार्फत् १ हजार १ हजार ४ सय ८३ जना आश्रित छन् । जसमा महिला ६ सय ३० रहेको आश्रमको मुख्य कार्यालय हेटौंडाले जनाएको छ ।

हाल हेटौंडा आश्रममा १ सय ९८ जना आश्रित रहेको पौडेलले बताए । जसमा महिला १ सय ८४ जना छन् । मानवसेवा आश्रमले सडकमा बेवारिस अवस्थामा रहेका मानिसको उद्धार गरी उनीहरुलाई पुनस्र्थापना गर्ने र स्वास्थ्यावस्था राम्रो भएपछि घरपरिवारबारे जानकारी लिने गरेको छ । परिवारबारे जानकारीपछि पुनर्मिलन गराउने गरिएको उनको भनाइ छ । आश्रममा आश्रय लिएका अधिकांश मानसिक सन्तुलन गुमाएका र घरबारविहीन हुन्छन् । उद्धार गरिएकाले आश्रममा आफ्नो इच्छाअनुसार काम गर्ने गरेको बताइएको छ ।

देशका २ प्रदेश सडक मानवमुक्त घोषणा भइसकेका छन् । जसमध्ये कर्णाली प्रदेश र गण्डकी प्रदेश सडकमानवमुक्त प्रदेश घोषणा भएका हुन् । वागमती प्रदेशको मकवानपुर, गोरखा पनि सडक मानवमुक्त घोषणा भएका छन् भने बीरगञ्ज महानगरपालिका र भरतपुर महानगरपालिका पनि सडकमानवमुक्त घोषणा भएका छन् । अभियानलाई निरन्तरता दिँदै देशलाई सडक मानवमुक्त बनाउने उद्धेश्य रहेको मानसेवा आश्रमले जनाएको छ ।

आश्रमलाई तीनै तहका सरकारी निकाय, अन्य संघसंस्था र व्यक्तिबाट रकम प्राप्त भएको हो । आश्रममा प्रत्येक महिना पहिलो साता मानसिक रोग विशेषज्ञबाट उपचार हुने गरेको छ । आश्रममा सेवाका लागि दुई नर्सको व्यवस्था गरिएको छ । आश्रममा महिला र पुरुष छुट्टै राख्ने व्यवस्था छ । नेपालमा सडक मानवमुक्त घोषणा अभियानलाई सार्थक बनाउन संस्था लागेको पौडेलको भनाइ छ । (

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles