साउन २२, हेटौंडा–मोबाइल व्यवसायीलाई करबारे जानकारी दिइएको छ । शुक्रबार आन्तरिक राजस्व कार्यालयमा कर सम्बन्धि अभिमुखीकरण तालिम प्रदान गरिएको हो ।
नेपाल मोबाइल बितरक संघ हेटौंडाले मोबाइल व्यवसायीहरुलाई करबारे जानकारी दिने उद्धेश्यले एक दिने तालिम आयोजना गरेको संघ केन्द्रीय सदस्य अनिष बिष्टले बताए । कर कार्यालय प्रमुख कर अधिकृत मोहलाल जीसीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका ५० जना मोबाइल व्यवसायीको सहभागिता थियो । कर सम्बन्धि अभिमुखीकरणमा सहजीकरण कर अधिकृत सुमन बुढाथोकीले गरेका थिए ।
कार्यक्रममा मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुर अध्यक्ष दिनेश लामा, संघ संयोजक रोहिनीप्रसाद गौतम, केन्द्रीय सदस्य बिष्ट, शिवराज बाँस्तोला, कार्यक्रम संयोजक कृष्णसागर श्रेष्ठलगायतको आतिथ्यता थियो ।