साउन २२, हेटौंडा–हेटौंडाका लोकप्रिय गायक कमल के क्षेत्रीको आवाजमा रहेको ‘सम्झना बिर्सना’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियो कमल के क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियो ४ मिनेट १९ सेकेन्डको छ । युवावर्गलाई लक्षित गीतले मिलन र विछोडको यादलाई ताजा बनाइदिन्छ । म्युजिक भिडियोमा गायक क्षेत्री र निजा पौडेलले अभिनय गरेका छन् । भिडियोलाई ओरिएन पिक्चर्सले निर्माण गरेको हो । म्युजिक भिडियोको मिक्सिङ विशाल प्रधान (फोसिल) ले गरेका छन् ।

यसअघि क्षेत्रीले ‘आई लव यु’, ‘नाचन’, ‘तिम्रै मायाले’, ‘पिपलपाते’, ‘मेरो माया’ जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् । उनी नेपाली गायक, संगीतकार र गीतकार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here