नेपालमा संघियता बारे भ्रम र यथार्थता

0
355

हाम्रो मुलुकमा संघियताको सवालमा यो एजेण्डा माओवादीहरुको एजेण्डा हो भनेर भ्रम श्रृजना गर्न खोजिएको छ । यस सवालमा कांग्रेसकै नेता कार्यकर्ता नै पनि सवाल जवाफ गर्नुको सट्टा हो मा हो मिलाईरहेको पाईन्छ । वाद, विवाद, प्रतिवादमा उत्रिनु पर्नेमा माओवादीहरु कै बोलीमा लोलि जानेर नजानेर बताईरहेको पाइन्छ । यथार्थमा त्यसो नभएर संघिय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा कांग्रेस कै हो, ईतिहास साक्षी छ ।

१०४ वर्षसम्मको जहानिया राणाशाहीको अन्त्यका लागि कांग्रेसको २००७ सालको क्रान्ति पूर्व वर्गनीया (कन्फ्रेन्स) सम्मेलन गरेर नेपालका संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बिगुल फुकेकै हो । दुर्भाग्य नै भन्नु पर्छ क्रान्तिले राणा शाहीको अन्त्य त ग¥यो । दुर्भाग्य नेपालमा राणा शाहीको अन्त्य भएता पनि त्यस स्थानमा पुनः शाहहरु स्थापित भए । राजा त्रिभुवनदेखि राजा महेन्द्रले एकपछि अर्को गर्दै प्राप्त उपलब्धिलाई कुल्चने काम गरे । कहिले कसको नेतृत्वमा सरकार निर्माण गर्ने र भत्काउने काम राजाहरुले गर्न थाले । अझ भन्ने हो भने राजा त्रिभुवनको स्वदेश आगमन पश्चात् आफैंले बोलेका कबोलहरुलाई बिर्सने काम भयो । नेपाली जनताले केवल राणापछि शाहहरुले गरेका अघोषित शासन व्यर्होनु प¥यो । केवल बोली फेरियो पानि फेरिएन ।

राजा त्रिभुवनले खुल्ला मञ्चबाट घोषणा गरेका थिए । हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानअनुसार होस् भन्ने अहिले हाम्रो ईच्छा र निर्णय भएकोले विधान तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्य सम्पादन गर्नमा मद्दत र सल्लाह दिनका निमित्त दुनियाँको विश्वास भएका दुनियाँको प्रतिनिधिहरु समेत सम्मिलित भएको एक मन्त्री मण्डलको एक संगठन होस् भन्ने हाम्रो ईच्छा र निर्णय भएकोले मोहन शम्शेर प्रधानमन्त्री र विश्वेश्वर प्रसाद कोईराला गृहमन्त्री भएको मन्त्रीमण्डल गठन गरेका छौं ।

राजा त्रिभुवनको कार्यकालमै आफैंले बोलेका कबोलहरुलाई बिर्सने काम भयो र कहिले कसको नेतृत्वमा मन्त्रीमण्डल निर्माण गर्ने र विघटन गर्ने काम एकपछि अर्को गर्दै गए भने राजा महेन्द्रले संविधान सभाको निर्वाचन नगरी संसदको निर्वाचन गर्न पुगे । यस विषम घडीमा कांग्रेसलाई यो निर्वाचन निल्नु न ओकल्नु भयो । प्राप्त उपलब्धिहरुलाई बहिष्कार गर्दा हातमा लाग्यो शुन्य हुने निश्चित देखेपछि जननेता वी.पी. कोईरालाले संसदीय निर्वाचनमा भाग लिनुभयो । राजा महेन्द्रलाई लागेको थियो नेपाली कांग्रेसले बहुमत ल्याउन सक्दैन, तर नेपाली कांग्रेसले २०१५ सालको आम निर्वाचनमा २ तिहाई बहुमत प्राप्त ग¥यो ।

राजाको चाहना विपरीत नेपाली कांग्रेसले बहुमत ल्याए पनि मन्त्रीमण्डल बनाउन राजा महेन्द्रले आलटाल गर्दै गए । अन्ततः राजाले वी. पी. कोईरालालाई मन्त्रीमण्डल बनाउन आदेश दिनै प¥यो । कोईरालालको १८ महिने शासनकालमा देशमा आमुल परिवर्तन भयो । स्वास्थ्य, शिक्षा, यातायातदेखि भूमि सुधारको आयोजना, वनको राष्ट्रियकरणलगायत बिर्ता उम्मुलन, बेठ बेगारी प्रथाको अन्त्य, भूमिमा द्वैद स्वामित्वको अन्त्य जस्ता क्रान्तिकारी कामहरु भयो । ईजरायल, पाकिस्तानलगायत विश्वका अन्य २९ मुलुकहरुमा दौत्य सम्बन्ध कायम भयो । यो राजा महेन्द्रलाई मनपर्ने विषय नै भएन । त्यसैले २०१७ पौष १ को घटना घटाउने र सैनिक बलको भरमा प्रथम जन निर्वाचित प्रधानमन्त्री वी.पी. कोईरालालगायत उहाँका सहयात्री नेताहरुलाई बन्दी बनाईयो । नेपालमा पुनः तानाशाही व्यवस्था कायम भयो र मुलुकले ३० वर्षसम्मको अन्धकारको युगमा प्रवेश गर्नुप¥यो ।

यो यथार्थतालाई कांग्रेसीजनहरुले जनता माझ भ्रम चिर्न सक्नु पर्दछ । हाम्रा नेताहरुको सिद्वान्त, आदर्श र निष्ठालाई जनता माझ उजागर गर्न सक्नु पर्दछ । केवल संघीय लोकतान्त्रिक गणतन्त्र नेकपा माओवादीहरुको एजेण्डा हो भन्ने हरुलाई तथ्य र तर्कले पुष्टि गर्न सक्नु पर्दछ । केवल कांग्रेसी कार्यकर्ता मात्र भएर पुग्दैन । यस तर्फ जनतालाई पनि सचेत गराउन सक्नु पर्दछ ।

२००७ सालको जनक्रान्तिदेखि २०४६ सालको परिवर्तन २०६२÷२०६३ को दोश्रो जनआन्दोलन कांग्रेस कै नेतृत्वमा भएको हो । ७० वर्षअघि देखिको जनचाहनाअनुरुप मुलुकले नयाँ संविधान प्राप्त गरेको छ र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख भएको छ । यसलाई संस्थागत गर्नु हामी सबैको दायित्व हो ।

१० वर्षे जनयुद्धका नाममा भएको घटनाले मुलुकको भौतिक संरचनाहरु ध्वस्त भए अनाहकमा १७ हजार सर्वसाधारण जनताका छोरा÷छोरीले अनाहकमा ज्यान गुमाउनु प¥यो । मर्ने सबै जनताका छोरा÷छोरीहरु हुन्, चाहे सेनामा कार्यरत जवान हुन् या प्रहरी या सर्वसाधारणका छोरा÷छोरी, सबै नेपाली आमाका सन्तानहरु हुन् । हिजो आफु चर्चित हुनका निमित्त माओवादीले खुम्बुवान्, लिम्बुवान्, मधेसवान्, मगरात्, ताम्सालिङका नाममा मधेसमा मधेसवान्को नाममा राज्य बाढ्ने काम ग¥यो । अन्ततः मुलुकलाई तार्किक निष्कर्षमा पु¥याउनका निमित्त नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको मुद्वालाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रको सवालमा सामेल भएको हो र माओवादीहरुले जनगणतन्त्रलाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन सहमत भएका हुन् । यसै मुताबिक १२ बुँदे दिल्ली सम्झौता भएको हो । अन्य दलहरु सहयोगीको रुपमा साक्षी किनाराका पात्र हुन् ।

तपाई हामी सबैलाई थाहा भएकै कुरा हो , ७ दलको तर्फबाट गिरीजाप्रसाद कोईरालाले नेतृत्व र हस्ताक्षर गरेका थिए भने बिद्रोही माओवादीको तर्फबाट प्रचण्डले नेतृत्व र हस्ताक्षर गरेका थिए । नेपालका २०६२÷२०६३ को आन्दोलनपश्चात धेरै कम्युनिष्ट पार्टीका नेताहरु मुलुकको प्रधानमन्त्री भए तर मुलुकले नयाँ संविधान प्राप्त गर्न सकेन । अन्ततः नेपाली जनताले कांग्रेसलाई दोश्रो संविधान सभा निर्वाचनपश्चात् ठूलो पार्टीको रुपमा रुपान्तरण गरेर सुशिल कोईरालाको नेतृत्वको सरकारले मुलुकलाई नयाँ संविधान दिलायो र यसलाई संस्थागत गर्ने र तिनै तहको आमनिर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने काम वर्तमान प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सम्पन्न ग¥यो ।

संविधान सभा निर्वाचनपश्चात् नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएर नेकपा पार्टीको गठन भयो र झण्डै २ तिहाई निकटको सरकार निर्माण भएर सरकार त बन्यो तर, ३ वर्ष नबित्दै सरकार विघटन भएर पुनः पार्टी विभाजन भयो । के.पी. शर्मा ओलीले जनताले प्राप्त गरेको उपलब्धिलाई २ पटकसम्म संसद् विघटन गर्ने काम गरे र मुलुक फेरि प्रतिगमन तर्फ जान थालेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको अगुवाईमा भएको आन्दोलनलाई अदालतले संसद पुनस्र्थापना गरिदियो । अहिले यो व्यवस्था चाहने र यसलाई विघटन गर्नेको बीचमा संघर्ष चलिरहेको छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धनको सरकार निर्माण भएको हो ।
(लेखकः नेपाली कांग्रेस मकवानपुरका निवर्तमान् कार्यवाहक सभापति हुनुहुन्छ ।)
समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here