दौडेर जुन छुन

0
357

न त सक्छु हो मायाकै हुन
न त सक्छु ए कान्छी दौडेर जुन छुन ।
तिम्रो माया हो मुरीका मुरी
मेरो माया ए कान्छी रैनछ निष्ठुरी ।।
।।
यसो हेर्दा हो गालामा कोठीनी
राख्न सक्छौ ए कान्छा सांखुको भोटीनी ।
उडी जाने हो चरीको भर छैन
भैगो माया ए कान्छा लगाउने रहर छैन ।।
।।
दाजुभाईले हो जेसुकै गरुन्
हाम्रो माया ए कान्छी देखेर दंग परुन् ।
तिम्रो माया हो मुरीका मुरी
मेरो माया ए कान्छी रैनछ निष्ठुरी ।।
।।
घासै काट्ने हो दुई खोली खोजेर
कस्लाई लान्छौ ए रामे दुईटीमा रोजेर ।
उडी जाने हो चरीको भर छैन
भैगो माया ए कान्छा लगाउने रहर छैन ।।
।।
भन मायां हो कोसंग जानी हो
मिलेदेखि ए कान्छी तिन्टीलाई लानी हो ।
तिम्रो माया हो मुरीका मुरी
मेरो माया ए कान्छी रैनछ निष्ठुरी ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here