कथा : कुभलो नचिताउनु

0
336

एकदिन बाटामा गधा र छट्टु स्यालको विचमा जम्का भेट भयो । ती दुवै बिच कुराकानी भयो । विचार मिलि सकेपछि ति दुवैले एक आपसमा मित लगाए । स्याल निकै चतुर थियो । उनीहरू जुन जंगलमा थिए । त्यो जंगलको पारी पट्टि एउटा गाउँ थियो । गाउँमा धेरै कुखुरा पालेको थियो । स्याललाई कुखुराको मासु खान मन लाग्यो । उसले कपटीपूर्ण चालले भन्यो कि त्यस गाउँको तल्लो भागमा पाकेको मकै छ । तपाई पनि मकै खानुहोस् । म पनि केही खानेछु ।

तर स्याललाई डर थियो कि तल अरूण नदी बग्दथ्यो । त्यो नदी तर्न उसलाई मुस्किल थियो । उसले जालझेल पूर्वक भन्यो कि मितज्यू मलाई तपाईले पिठ्यूमा बोकेर उतm नदी तारिदिनु भयो भने, तपाईको पनि भोक मेटिने थियो मेरो पनि भोक मेटिन सक्दछ । गधाले स्यालको विचारलाई समर्थन गर्यो । तर, स्यालले गधालाई कुटाउन चाहेको थियो । नदी तरिसकेपछि गधालाई मकै खानुहोस् मितज्यू भनेर ऊ गाउँको नजिक गएर कुखुरा खानमा ब्यस्त भयो ।

गाउलेहरूले थाहा पाएर लखेट्न थाले पछि ऊ भागेर मकै वारीमा पस्यो । गाउंलेहरू लखेट्दै मकै बारीमा खोज्न थाले । उनीहरूले स्याललाई पाउन सकेनन् । तर मकै खाइरहेको अवस्थामा गधालाई भेटेर बेस्सरी कुटे । गधाले पनि स्यालको कर्तूत थाहा पायो । उसले पनि स्यालसंग बदला लिने विचार गर्यो । जब एक ठाउँमा गएर बसेको थियो । स्यालले भन्यो कि मितज्यू तपाईलाई के भयो ? गधाले पनि भन्यो मलाई पनि अलि गाह्रो भैराखेको छ । गधाले पनि नदी तर्न लाग्दा बगेको जस्तो बहाना गरिदियो । स्याल पनि बग्न थाल्यो । अन्तिममा ऊ बगेर नै म¥यो । गधा पौडी खेलेर बाच्यो । विद्यार्थी भाइबहिनाहरू, अर्कालाई कुभलो चिताउनेले जीवनमा कहिले पनि सुख पाउदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here