जमातमा जानुपर्ने गईन्छ
ठूला मझौला सबै भेटिन्छ
आफु चिनाउन देखा परिन्छ
देउतै ठानी नमस्कार गरिन्छ
।।
ठूलाका आँखा चहकिला, को कता गयो
जता उभियो त्यहि गुटको उहरीयो
पुग्दा चोखो, फर्किंदा बिटुलियो
आस्वाशन र वितृष्णा दुवै पायो
हिजो बोल्ने आज नबोल्ने भयो
अपरिचित नै भयो नजिकको भयो
एउटै छानो मुनि कसरी छेकवार लाग्यो
चुल्हो छुट्याउने रित कसका लागि जाग्यो
।।
गोल गर्नु छ आत्मीय एकता गर
आन्तरिक खेल नठान, विचार गर
भाई÷भाई एक वन, गाउँको नगुहार
ऐना बन देशको फेर्नुछ यसको मुहार
।।
सबै दुःखी छन् अहंकार देखेर गुटको
फर्किदा लिने अर्कैले हो, घरभित्र फुटको
मन फेर्यौं अन्त्य गर्न मन मुटावको
विजेता बन्नु छ, बाचा गर एक जुटको
।।
गुट र झुटले पिल्सिएका साना साथहरु
विचलित बन्न रोक मिलाउ ठूलो हातहरु
शिर्षको एउटै बोली, मिलेका हात देखेर
साथ मिल्छ अपार जनको राखे हुन्छ लेखेर