विपी र पुष्प यी दुबै नेता स्वतन्त्र गर्नमा
देनछ ठूलो यो राष्ट्रलाई चेतना छर्नमा
खाँदैछौं ब्याज उनैका हामी विचार छोड्दै छौं
छोडेर बाटो कुमार्गतिर अगाडि बढ्दैछौं ।।
सिद्धान्त भिन्न भएता पनि संगै नै हिंडेका
जनताका मुक्ति निमित्त धेरै संघर्ष गरेका
नल्याई हुन्न जसरी हुन्छ प्रजाको शासन
राज्यको तारो बनेरै गयो सम्पूर्ण जीवन ।।
दुबैले भन्थे जनताहरु भोकले नमरुन्
शिक्षा र स्वास्थ्य पाईनै रहुन् विमुख नरहुन्
गरिव जनको पहुँच पुगोस, सर्वत्र ठाउँमा
चाहिने वस्तु अभाव नहोस सम्पूर्ण गाउँमा ।।
विश्वमा राम्रो मानिंदो रैछ बहुल शासन
मौलिक हक नहुने हुँदा एकल शासन
दुबैमा धेरै भिन्नता रैछ बुझेर ल्याउँदा
ज्वलन्त हाम्रै नमुना थियो अघिको व्यवस्था
यो राष्ट्र कुनै दलको पेवा अवश्य होइन
कसैले पेवा आउदछ भने यो शुभ भएन
सबै वर्ग जातिको लागि यो राष्ट्र बनेको
यो देशभित्र त्यसैले हामी मिलेर बसेको ।।
।।।
कांगे्रस भन्छ म ठूलो दल लगानी हाम्रो छ
प्रगतिवादीहरु भन्छन् हाम्रो नै राम्रो छ
सक्षम नेता नहुँदा यिनै भएका दलमा
कुल्चदै गए नियम जति जनताका भावना ।।
जन्मेका थिए सक्षम नेता यी पुष्प निर्मल
विपीसंगै गणेशमान तीकृष्ण प्रसाद
मनमोहन गिरिजा अनि मदन भण्डारी
अरुनि नेता गणले राम्रै राखेका चिनारी ।।
जनतामा अब भरोसा छैन कुनै नि दलको
भाषण गर्ने जहिल्यै पनि केवल छलको
आर्दश छैन त्यसैले आज स्थायित्व भएन
तसर्थ अब दलमा कुनै विश्वासै रहेन ।।
।।।
अझैनि केहि बिग्रेको छैन विपी र पुष्पको
विचारलाई नछोडी हिड हे दुवै दल हो ।
यो राजनीति नाली नै सरी दुर्गन्ध फोहोर
तुल्याई दियौ हे नेतागण गरे है, बिचार ।।
।।।
नेताको जन्मदिनको कुनै सम्झना गरेनन्
गरिनु पथ्र्यो विविध चर्चा ध्यान नै दिएनन्
सचेत वर्ग नेपालीलाई आग्रह गर्छु है ।
अग्रणी नेता विपी र पुष्प नबिर्सी दिनु है ।।