Tuesday, June 6, 2023

डेंगु नियन्त्रण गर्न हेटौंडामा स्प्रे

ताजा / भरखरै प्राप्त

हेटौंडा–हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगु रोग संक्रमण बढ्दै गएपछि स्प्रे गर्न थालिएको छ । उपमहानगरका ४ र ५ नम्बर वडामा डेंगु संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालेको हो ।

हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी छर्कन थालिएको हो ।

संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए । हाल हेटौंडा–४ को कमलडाँडा क्षेत्र र मेनरोडमा स्प्रे गर्ने कार्य नगर प्रहरीको मद्धतबाट भइरहेको छ ।

संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताए । कोरोना संक्रमणका बिरामीको दर बढ्दै गएसँगै नगरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । असार अन्तिमबाट सुरु भएको संक्रमणदर बिस्तारै बढ्दै गएको र हालसम्म ४३ जनामा संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरका बजार क्षेत्रमा पर्ने ४ र ५ वडामा बढी बिरामी देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेंगु संक्रमित देखिए पनि नगरभित्र देखिनुले समस्या भएको कार्यालयले जनाएको छ । बिरामीको संख्या बढ्दै जानुले सतर्कता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ । संक्रमितको हेटांैडा अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

हेटौंडामा डेंगुका बिरामी बढ्दै गएका छन् । लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी जिल्लामा बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउन १ गतेदेखि यता ४३ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । हेटौंडाको सरकारी र निजी स्वास्थ्य संस्थामा उपचार गराएकामध्ये बुधबारसम्म डेंगुु पुष्टि भएको हो ।

जिल्लामा डेंगुसंगै स्क्रब टाइफसका बिरामीसमेत बढ्दै गएका छन् । साउन १ देखि यता १६ जनामा स्क्रबटाइफस पुष्टि भएको छ । उक्त रोग मुसामा लाग्ने कीर्नाजस्तो देखिने माइटको टोकाइबाट मानिसमा सर्दछ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles