साउन १६ गते, हेटौंडा–वैदेशिक रोजगारका लागि ७ वर्ष युरोप बसाइपछि स्वदेशमै केही गरौं भन्ने उद्धेश्यले नेपाल फर्केका हेटौंडा–७, नागस्वती निवासी गोकुलनाथ पौडेल कुखुरा व्यवसायमा निर्भर हुन पुगे ।
युरोप रह“दा सवारीचालक काम गर्दा पाएको दुःखलाई बिर्सजन गर्दै स्वदेशको दुःख प्यारो बताउने पौडेल हाल परिवारका सदस्यसहित ३० हजार कुखुरापालन गर्दै आएका छन् ।
उनी कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष हुन् । मकवानपुरमा ४ सय जना कुखुरा व्यवसायीसंग प्रत्यक्ष अनुभव साटासाट गर्दै पौडेलले विदेशका दुःख भुलिरहेका छन् । २०६८ सालदेखि १ हजार ५ सय लेर्यस कुखुरापालन व्यवसायबाट व्यवसायमा लागेका पौडेलले सुरुका वर्ष ५ लाख घाटा व्यर्होनुपर्दा पनि आत्तिएनन् ।
नेपाल आएपश्चात् साथीको कुखुरा फर्म हेरेर उक्त पेशामा लोभिएका उनी पहिलो वर्षमा भएको घाटा तिर्न एक कठ्ठा जमिन बिक्री गर्न बाध्य भएका थिए । बेलाबेलामा देखा पर्ने बर्डफ्लु रोगको शिकार बन्नुपर्दाको पीडा यस पेशमा जटिल रहेको उनी बताउँछन् । बिमा कम्पनीले ८० प्रतिशत् क्षति व्यर्होने भनिए पनि स्पष्ट नीति नह“ुदा कुखुरा व्यवसायीका समस्या जटिल बनेको उनको धारणा छ । पछिल्लो समय बिमा कम्पनीले जोखिम लिन नमानेपछि हाल कुखुरा व्यवसायीको लगानी बालुवामा पानी हालेसरह भएको उनको भनाइ छ ।
पौडेलको एक दशक व्यावसायिक अनुभवले कुखुरा व्यवसाय जुवासरहको खेल भएको बताउँछन् । कुखुरा व्यवसाय अरुको हेरेर होइन, आफ्नो व्यवस्थापन राम्रो गर्नसके राम्रै फाइदा लिन सकिने पनि उनी बताउँछन् । नेपालमा बाहिर देशबाट आयात हुने कुखुरा र अण्डाले स्वदेशी उत्पादन ओझेलमा परेको अवस्था छ । खुला नाका रहेकाले भारतबाट सस्तोमा मासु, अण्डा आयात रहेकाले स्वस्थ्य अण्डा तथा मासु उत्पादन गरिए पनि उचित मूल्य नपाउँदा किसान मारमा रहेको पौडेलले बताए ।
राज्यले बिमा कम्पनी र सरकारी नीति लचिलो बनाएर कुखुरा व्यवसायीलाई सहज बनाउन उनको आग्रह छ । विहान ६ बजेदेखि राति ९ बजेसम्म कुखुराको हेरचाहमा व्यस्त बनिरहेका पौडेल १५ जनालाई रोजगार दिने रोजगारदाता बनेका छन् । पौडेल कुखुरा व्यवसायीमात्र होइन, दैनिक एक सय बोरा दाना उत्पादन गर्ने उद्योग पनि सञ्चालन गर्दछन् ।
हेटौंडा–१३, पदमपोखरीमा एक बिगाहा जमिनमा २ वटा ठूला खोरमा ३० हजार लेयर्स कुखुरा पाल्दै आएका पौडेल दैनिक अन्य व्यवसायीलाई ४५ बोरा दाना पनि बिक्री गर्दछन् । आधुनिक प्रविधि प्रयोग गर्दै व्यवस्थितरुपमा फर्म सञ्चालन गर्दै आएका पौडेलले हेटौंडा–७, कमानेमा पनि फर्म सञ्चालन गरेका छन् ।
‘यस व्यवसायमा सरकारले चासो राख्न सकेन । कृषि उत्पादनमा अनुदान दिन सकेन भने बाहिरी आयातले यहा“का किसान सडकमा आउनेछन्,’ उनको भनाइ छ । यस वर्ष जिल्लामा २० हजार कुखुरा नष्ट गरिएको बताउँदै पौडेल भन्छन्–राज्यले दिने क्षतिपूर्तिमा ढिलाइ गरेको कारण व्यवसाय फस्टाउन सकेन ।