Monday, June 5, 2023

व्यावसायिक अन्तक्र्रिया ‘देशको अर्थतन्त्र सहज छैन’

ताजा / भरखरै प्राप्त

साउन १३, हेटौंडा–मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा व्यावसायिक अन्तक्र्रिया भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षता र संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मन्त्री बडुले उद्योग–व्यवसायको अवस्था र समस्या स्थानीयस्तरमा पुगी जानकारी लिन प्रभावकारी हुने र समाधान गर्न सहज हुने विश्वास लिइएको बताए । उनले देशको अर्थतन्त्र सहज नभएको, आयातमा निर्भरता बढनुका साथै निर्यातको अपेक्षा पूरा गर्न नसकिएकोले व्यापार घाटा निम्त्याइरहेको बताए ।

उनले मुलुकको राष्ट्रिय उत्पादन र निर्यातजन्य उत्पादन बढाउन आवश्यक रहेको त्यसका लागि नीतिनिर्माण, सरकारले चलाएका दश औद्योगिक क्षेत्र पूर्णरुपमा सञ्चालन हुन नसकेको, औद्योगिक क्षेत्रमा जमिन ओगटेर उद्योग सञ्चालन नगरेकाको हकमा निर्णायक समाधान खोजिने बताए ।

राष्ट्रिय उत्पादन बढाउन चलिरहेका उद्योगहरु पूर्णक्षमतामा चलाउनु पर्ने, बिराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योगजस्ता उद्योग पुनर्संचालनमा ल्याउनुपर्ने र नया“ उद्योग स्थापना गर्नुपर्ने उनको भनाइ थियो । विदेशी मुद्रा सञ्चिति र व्यापार घाटा घटाउन उद्योगहरुको ६० प्रतिशत् उत्पादन विदेश निर्यात गर्नुपर्ने, सुनसरीमा ६५० बिघा र सुदूरपश्चिमको हरैयामा ३ सय २० बिघा जमिन उद्योग स्थापनाका लागि छुट्याइएको, औद्योगिक क्षेत्र निजी क्षेत्रले चलाउन चाहे भाडामा उपलब्ध गराउन सकिने, नापतौल कार्यालय हेटौंडामा स्थापना गर्न तुरुन्त लाग्ने, झन्झट घटाउन उद्योग दर्ताका लागि एकल विन्दु सेवाकेन्द्रको अवधारणामा मन्त्रालयले तयारी गरेको, सिमेन्ट, क्लिंकर र फुटवेयरमा देश आत्मनिर्भर भइसकेको, दैलेखको पेट्रोलियम पदार्थ निकाल्दा लागत भन्दा उत्पादन धेरै हुने देखिए उत्पादन शुरु गरिने, बिजुली उत्पादन गरी एलपीजी ग्यास खपत घटाउन सकिने र आरक्षको समस्या हटाएर मयुरधाप विस्तारित औद्योगिक क्षेत्र सञ्चालन गरिने उनले बताए ।

कार्यक्रममा मउवा संघ अध्यक्ष गुप्ताले हेटौंडामा नापतौल कार्यालय स्थापना, उद्योगी–व्यवसायीलाई एक अंकको व्याजदरमा बैंककर्जा, एलसी कार्यान्वयनमा सहजता, गरगहना आयातका लागि सहजता, औद्योगिक क्षेत्रको जमिन भाडा अस्वभाविक तथा अप्रत्याशित बृद्धिको निर्णय खारेजी, जीर्ण उद्योग पुनर्संचालनमा ल्याउन सहुलियत पुनर्कर्जा, हेटौंडा कपडा उद्योग शीघ्र पुनर्संचालन, मयुरधाप विस्तारित औद्योगिक क्षेत्र सञ्चालन, ईआईए–आईईईको व्यवस्थामा सरलीकरण, एकद्वार प्रणालीबाट उद्योग दर्ता, नया“ उद्योग स्थापना गर्न औद्योगिक क्षेत्रमा सहज जमिनको उपलब्धता आवश्यक रहेको भनाइ राख्दै मन्त्री बडुसमक्ष ज्ञापनपत्र पेश गरेका थिए ।

कार्यक्रममा संघ पूर्वअध्यक्ष जीवनकाजी माकजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोदसिंह रानाभाट र उज्ज्वल चौलागार्इं, महासचिव दीपक उप्रेती, कोषाध्यक्ष सन्तोषकुमार अर्याल, सचिव राजाराम कार्की, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौंडा क्याम्पस अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा सिमेन्ट उद्योग महाप्रवन्धक बसन्तकुमार पाण्डे, मकवानपुर चेम्बर अफ कमर्स अध्यक्ष माधब न्यौपाने, मउवा संघका कार्यसमिति सदस्य, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका पदाधिकारी, संघका सदस्य दिनेश उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश कार्यकारी निर्देशक विवेक मानन्धरलगायत उद्योगी–व्यवसायीको सहभागिता थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles