साउन ११, हेटौंडा–वागमती प्रदेशसभा प्रमुख यादबचन्द्र शर्माले प्रदेशमा विभुषण सिफारिस तथा सम्मान र पदकसम्बन्धि ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भएको प्रदेश विभुषणसम्बन्धि विधेयकलाई मंगलबार प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
उक्त विधेयक वागमती प्रदेशसभाको सोमबार बसेको दोस्रो बैठकबाट सर्वसम्मत् पारित भएको थियो । बैठकमा प्रदेश मामिला समितिका सभापति माधबप्रसाद पौडेलले विभुषण सिफारिस तथा सम्मान र पदकसम्बन्धि ऐन, २०७६ लाई दफाबार छलफल गरी प्रतिवेदनसहित विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।