Monday, June 5, 2023

मानवसेवा आश्रम–प्रहरी स्वास्थ्योपचार सम्झौता

ताजा / भरखरै प्राप्त

साउन ११, हेटौंडा–हेटौंडामा केन्द्रीय कार्यालय रहेको मानवसेवा आश्रम र नेपाल प्रहरी अस्पतालबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ ।

सडकपेटी र सार्वजनिकस्थलमा बेवारिस अवस्थाबाट उद्धार गरेर आश्रमको संरक्षणमा राखिएका व्यक्तिलाई अस्पतालले उपचार गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरीक्त महानिरीक्षक डा. आशा सिंह र आश्रमका तर्फबाट संस्था संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् अस्पतालले विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत् आश्रमको संरक्षणमा रहेका व्यक्तिलाई ३ बेड उपलब्ध गराउने भएको छ । उक्त सम्झौतापछि अब बेसाहरा नागरिकलेसमेत निःशुल्करुपमा उपचार प्राप्त गर्नसक्ने छन् ।

अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीका लागि भर्ना भइसकेपश्चात् औषधिलगायत सामग्री निःशुल्क उपलब्ध गराइने भएको छ । मेडिकल डाइरेक्टर सिंहले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् ।

‘जीवनरक्षाका लागि कार्य गर्दै आइरहेका थियौं । यसमा थप सडकपेटी र सार्वजनिकस्थलमा बेवारिस अवस्थामा रहेका व्यक्तिको जीवन पनि बचाउन पाउनु हाम्रा लागि पनि खुशीको कुरा हो । आगामी दिनमा उक्त आश्रमको सेवामा संस्थागत् र व्यक्तिगत्रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिवद्ध छु,’ उनले भनिन् ।

अस्पतालसँगको सहकार्यले आश्रमको काममा सहजता हुने आश्रम अध्यक्ष अधिकारीले बताए । ‘सडकपेटीबाट उद्धार गरिएका व्यक्ति क्यान्सर, एचआईभी एड्स, हेपाटाइटिस, मिर्गौलाले काम नगर्नेजस्ता रोग लागेका व्यक्ति छन् । अस्पतालको साथले हामीमा थप हौसला बढेको छ,’ उनले भने–सम्झौता एक वर्षका लागि रहेको र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने छ ।

आश्रमले हाल सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा शाखा स्थापना गरी सहयोगापेक्षी सडकआश्रित व्यक्तिको उद्धार एवम् संरक्षण गरिरहेको छ । हाल आश्रमको संरक्षणमा करिब १ हजार ५ सय आश्रित छन् भने संस्थाको स्थापनादेखि १० वर्षको अवधिसम्म आइपुग्दा ७ हजार २ सय बढीको उद्धार भइसकेको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles